सीएफमोटोको नयाँ स्कुटर र एड्भेन्चर बाइक सार्वजनिक, ई क्लच र कर्नरिङ एबीएस समावेश

सीएफमोटोले विश्व बजारमा नयाँ १२४.९९ सीसी अर्बन स्कुटरका साथै ५५० प्लेटफर्म पनि सार्वजनिक गरेको छ। सो नयाँ प्लेटफर्म नयाँ ट्विन सिलिन्डर इन्जिन,  आल्मुनियम फ्रेम, इलेक्ट्रोनिक क्लच र आधुनिक इलेक्ट्रोनिक्स सिस्टम समावेश गरिएको छ। सो प्लेटफर्मलाई विभिन्न प्रकारका मोटरसाइकल विकास गर्न सकिने गरी तयार गरिएको छ ।

सो नयाँ स्कुटरमा कम्पनीको एसआर लाइ अपबाट प्रेरित फरक किसिमको ट्विल लेस एलईडी हेडलाइट र शार्प बडीवर्कका साथै कम्प्याक्ट डिजाइन दिइएको छ ।  स्कुटरमा १२४.९ सीसीको लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ। कम्पनीले यसको आधिकारिक पावर र टर्क सार्वजनिक गरिसकेको छैन। यद्यपि, यसले १२५ एससी एफको समान १२.७८ एचपी पावर र १२ एनएम टर्क उत्पादन गर्ने अनुमान गरिएको छ ।

नयाँ स्कुटरमा ड्युअल च्यानल एबीएस, ट्र्याक्सन कन्ट्रोल, ब्लुटुथ र एनएफसीमा आधारित कीलेस इग्निसन सिस्टम उपलब्ध छ । यसमा स्मार्टफोन कनेक्टिभिटीसहितको ६.२ इन्चको टीएफटी डिस्प्ले दिइएको छ। साथै, ओटीए सफ्टवेयर अपडेटको सुविधा पनि समावेश गरिएको छ।

नयाँ सीएफमोटो ५५० एमटीमा ५२६ सीसीको लिक्विड कुल्ड प्यारालल ट्विन इन्जिन प्रयोग गरिएको छ, जसले ५४ एचपी पावर र ५२ एनएम टर्क उत्पादन गर्छ। यसमा बाई डायरेक्शनल क्विकसिफ्टर, इलेक्ट्रोनिक क्लच, ३ वटा राइडिङ मोड र आईएमयूमा आधारित कर्नरिङ एबीएस रहेको छ । साथै कर्नरिङ कन्ट्रोल, रियर राडार सिस्टम र क्रुज कन्ट्रोलसमेत उपलब्ध गराइएको छ। यसमा एप्पल कारप्ले सपोर्ट गर्ने ८ इन्चको टीएफटी डिस्प्ले र २३ लिटर क्षमताको ठूलो इन्धन ट्याङ्की दिइएको छ।

यसको सिटको उचाइ ८०० देखि ८२० एमएमसम्म समायोजन गर्न सकिन्छ। यसमा स्प्लिट सिट डिजाइन, रोड–ओरिएन्टेड च्यासिस, केवाईबी सस्पेन्सन र १९ इन्चको अगाडिको र १७ इन्चको पछाडिको पाङ्ग्रा प्रयोग गरिएको छ।

सीएफमोटो ५५० एमटी–एक्समा ५२६ सीसीकै लिक्विड कुल्ड प्यारालल ट्विन इन्जिन प्रयोग गरिएको छ। तर, ५५० एमटीको तुलनामा यसको डिजाइन र च्यासिसलाई कठिन र कच्ची सडकमा चलाउन उपयुक्त बनाइएको छ। यसमा २१ इन्चको अगाडिको र १८ इन्चको पछाडिको पाङ्ग्रा प्रयोग गरिएको छ। यसमा एडजस्टेबल केवाईबी सस्पेन्सन र २५० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स उपलब्ध छ।

यसमा ठाडो रूपमा जडान गरिएको ६.२ इन्चको टीएफटी डिस्प्ले, बाई डायरेक्शनल क्विकसिफ्टर र विभिन्न राइडिङ मोड उपलब्ध छ । यसको अफरोड मोड सक्रिय गर्दा ट्र्याक्सन कन्ट्रोल तथा पछाडिको पाङ्ग्राको एबीएस निष्क्रिय गर्न सकिने सुविधा पनि दिइएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...