परीक्षणमा देखियो रोयल इनफिल्डको दोस्रो इलेक्ट्रिक मोटरसाइकल
काठमाडौं–रोयल इनफिल्डले आफ्नो नयाँ इलेक्ट्रिक मोटरसाइकल फ्लाइङ फ्लि एस६...
काठमाडौं–रोयल इनफिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले आयोजना गरेको ‘मिस्टिक मुस्ताङ राइड २’ सफलतापूर्वक सम्पन्न भएको छ । यही कार्तिक १२ देखि १५ गतेसम्म सञ्चालन भएको चारदिने उक्त राइडमा ४० जना महिला राइडरहरूको सहभागिता रहेको थियो ।
पोखरास्थित क्लासिक ड्राइभबाट सुरु भएको यो साहसिक यात्रा मुस्ताङ पुगेर टुगिंएको थियो । यात्राका क्रममा सहभागीहरूले नेपालको हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र लामो दूरीको मोटरसाइकल यात्राको रोमाञ्चक अनुभव बटुलेका छन् ।
महिला राइडरहरूमा आत्मविश्वास अभिवृद्धि गर्ने, लामो दूरीको यात्रामा प्रोत्साहन गर्ने र राइडिङ समुदायमा महिलाको सहभागिता विस्तार गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । यसले सहभागीहरूबीच आपसी सम्बन्ध, अनुभव आदानप्रदान र सामुदायिक भावनालाई अझ मजबुत बनाएको कम्पनीले जनाएको छ ।
रोयल इन्फिल्डले आफ्नो ‘प्योर मोटरसाइकलिङ’ को अवधारणाअनुरूप नेपालमा राइडिङ संस्कृति, समुदाय निर्माण र साहसिक पर्यटनको प्रवद्र्धन गर्दै आएको छ ।
अल्फा अटोमोटिभले नेपालमा सुरक्षित एवम् जिम्मेवार राइडिङ संस्कृतिको विकास गर्न र महिला राइडरहरूलाई सशक्त बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...