डोङफेङ ईभीमा क्याटलको सुपरफास्ट चार्जिङ ब्याट्री, ६ मिनेटमै अब फुल चार्ज

काठमाडौं–चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङ मोटरले विश्वकै तीव्र चार्जिङ क्षमतामध्ये एक मानिएको क्याटल(सीएटीएल)को तेस्रो पुस्ताको शेनसिङ ब्याट्री आफ्नो विद्युतीय गाडीमा प्रयोग गर्ने तयारी गरेको छ ।

कम्पनीले उक्त ब्याट्री प्रविधिको पहिलो प्रयोगकर्ता बन्न क्याटलसँग छलफल गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

क्याटलले सन् २०२६ अप्रिल २१ मा सार्वजनिक गरेको तेस्रो पुस्ताको शेनसिङ ब्याट्रीले ईभी चार्जिङ प्रविधिमा नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरिएको छ ।

यस ब्याट्रीलाई १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केवल ३ मिनेट ४४ सेकेन्ड लाग्छ । त्यस्तै, १० देखि ९८ प्रतिशतसम्म चार्ज गर्न ६ मिनेट २७ सेकेन्ड मात्र लाग्ने कम्पनीको दाबी छ ।

डोङफेङले सन् २०२६ को दोस्रो त्रैमासिकदेखि नै क्याटलसँग यस प्रविधिको पहिलो प्रयोग गर्ने अधिकार प्राप्त गर्न वार्ता गरिरहेको बताइएको छ । चौथो त्रैमासिकमा नयाँ उत्पादन सार्वजनिक गर्ने समय नजिकिँदै गर्दा दुवै कम्पनीबीचको छलफल थप तीव्र बनेको छ ।

क्याटलको शेनसिङ ब्याट्रीले बीवाईडीको दोस्रो पुस्ताको ब्लेड ब्याट्रीको तुलनामा पनि छिटो चार्ज हुने दाबी गरिएको छ । कम तापक्रममा समेत यसको चार्जिङ क्षमता प्रभावकारी बनाउन विशेष प्रविधि प्रयोग गरिएको छ ।

गत अक्टोबर २९ मा डोङफेङ र क्याटलबीच रणनीतिक सहकार्य सम्झौतासमेत भएको थियो । उक्त सम्झौताअन्तर्गत दुवै कम्पनीले सुपरफास्ट चार्जिङ र ब्याट्री स्वापिङलाई एकीकृत गर्ने ऊर्जा प्रणाली विकास गर्नेछन् ।

डोङफेङअन्तर्गतका भोयाह, एम हिरो र एपिकल्यान्ड ब्रान्डका गाडीमा संयुक्त रूपमा विकास गरिएका १०सी वा सोभन्दा माथिको चार्जिङ क्षमताका ब्याट्री प्रयोग गर्ने योजना छ ।

यस सहकार्यसँगै क्याटलले ब्याट्री उत्पादनमा मात्र सीमित नभई चार्जिङ तथा ब्याट्री स्वापिङ नेटवर्क विस्तारमा समेत जोड दिएको छ । कम्पनीले सन् २०२६ को अन्त्यसम्म ३ हजारभन्दा बढी एकीकृत चार्जिङ तथा ब्याट्री स्वापिङ स्टेसन सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...