गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु

जनकपुरधाम - धनुषाको धनौजी गाउँपालिकाले स्थानीयवासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ ।

यातायात व्यवस्था कार्यालय जनकपुरधाम र बर्दिबासबाट सञ्चालित परीक्षामा उत्तीर्ण भएका गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी पालिकाबाटै अनुमतिपत्र वितरणको व्यवस्था मिलाइएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार साहका अनुसार चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका स्थानीय युवालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था सुरु गरिएको हो ।

उनले पहिलो चरणमा यातायात व्यवस्था कार्यालय बर्दिबासबाट सञ्चालित प्रयोगात्मक परीक्षा (ट्रायल) उत्तीर्ण गरेका गाउँपालिकाका ४५ जनाको चालक अनुमतिपत्र प्राप्त भएकाले वितरण सुरु गरिएको जानकारी दिए।

पालिकाबाटै चालक अनुमतिपत्र प्राप्त गर्न थालेपछि अनुमतिपत्र लिन यातायात व्यवस्था कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने र स्थानीय सेवाग्राहीको समय तथा खर्च बचत हुने अपेक्षा गरिएको छ ।

यस व्यवस्थाले विशेषगरी यातायात कार्यालयसम्म पुग्न समय र खर्च व्यवस्थापन गर्नुपर्ने ग्रामीण क्षेत्रका सेवाग्राहीलाई राहत पुग्ने विश्वास गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...