यस्तो छ मोटरसाइकलमा पछाडिको सिट अग्लो बनाउनुको कारण
अधिकांश मोटरसाइकलमा फ्रन्ट सिटभन्दा पछाडिको सिट केही अग्लो हुन्छ। तर...
इटालियन लक्जरी स्पोर्ट्स कार निर्माता कम्पनी मासेराटीले भारतीय बजारमा २०२७ मासेराटी एमसीपुरा सिरिज सार्वजनिक गरेको । यसको बाहिरी बडी पार्टमा सूर्यको प्रकाश पर्ने बित्तिकै रङ परिवर्तन भएर इन्द्रेणीझैँ चम्किने विशेषता रहेको छ ।
एमसीपुराको सबैभन्दा आकर्षक यसको एआई एक्वा रेन्बो कलर पेन्ट स्किम पनि हो। सो विशेष पेन्ट प्रविधिले सूर्यको किरणले कारको बाहिरी रङमा फरक प्रभाव देखाउँछ। खुला आकाशमुनि सूर्यको किरण पर्दा कारको बडीमा विभिन्न रङको इन्द्रेणी देखिन्छ। कम्पनीले यसको कुपे भेरियन्टमा प्रिमियम म्याट फिनिस र कन्भर्टिबल अर्थात् एमसीपुरा सिएलोमा आकर्षक ग्लोस फिनिस उपलब्ध गराएको छ।
एमसीपुरामा ३.० लिटरको ट्विन टर्बोचार्ज्ड नेट्टुनो भी६ पेट्रोल इन्जिन जडान गरिएको छ। सो इन्जिनले ६३० हर्सपावर र ७२० एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिन ८ स्पिड ड्युअल क्लच अटोमेटिक गियरबक्ससँग जोडिएको छ । सो सुपरकारले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल २.९ सेकेन्डमा हासिल गर्न सक्छ। यसको टप स्पिड ३२० किलोमिटर प्रतिघण्टाभन्दा बढी रहेको छ।
मासेराटी एमसीपुरा प्रिमियम सुपरकार सेग्मेन्टमा पर्छ। भारतीय बजारमा यसको कुपे भेरियन्टको मूल्य ४ करोड ३५ लाख भारु तोकिएको छ भने एमसीपुरा सिएलोको मूल्य ५ करोड २० लाख भारु रहेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...