जीडब्लूएमद्वारा नयाँ पुस्ताको ब्याट्री उत्पादन सुरु, १२ मिनेटको चार्जमा ५०० किलोमिटर रेन्ज
काठमाडौं–चिनियाँ अटो निर्माता ग्रेटवाल मोटर (जीडब्लूएम) मातहतको ब्याट्री...
काठमाडौं–चीनले सोडियम आयन ब्याट्री उत्पादनलाई प्रोत्साहन गर्न कर छुट दिने नीति लागू गरेको छ ।
लिथियम आयन ब्याट्रीमा कर लगाउन थालेको चीनले सोडियम आयन, सोलिड स्टेट र फ्युल सेल ब्याट्रीलाई सन् २०२८ को अन्त्यसम्म उपभोग करबाट छुट दिने भएको हो ।
चीनको नयाँ नीतिअनुसार सन् २०२६ सेप्टेम्बर १ देखि लिथियम आयन ब्याट्रीमा २ प्रतिशत उपभोग कर लाग्न थालेको छ । सन् २०२७ सेप्टेम्बर १ देखि उक्त कर बढेर ४ प्रतिशत पुग्नेछ । तर, सोडियम आयन ब्याट्रीले सन् २०२८ डिसेम्बर ३१ सम्म कर छुट पाउनेछन् । यस्तो छुटका लागि सम्बन्धित ब्याट्रीले राष्ट्रिय मापदण्ड पूरा गरेको हुनुपर्नेछ ।
यसैबीच, चिनियाँ ब्याट्री निर्माता हाइनाले वुहानमा वार्षिक १० गिगावाट आवर क्षमताको सोडियम आयन ब्याट्री उत्पादन उद्योग स्थापना गर्ने योजना बनाएको छ ।
परियोजनाको पहिलो चरणमा ३ गिगावाट आवर क्षमताको उद्योग निर्माण हुनेछ । सन् २०२७ को सुरुवातमा निर्माण थालेर सोही वर्षको अन्त्यसम्म उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।
कम्पनीले चेङ्ली स्पेसल अटोमोबाइल ग्रुपसँग सहकार्य गरी सोडियम आयन ब्याट्रीबाट चल्ने फोहोर संकलन गर्ने ट्रक, पानी छर्कने ट्रक तथा अन्य विद्युतीय विशेष प्रयोजनका सवारीसाधन विकास गर्ने योजना पनि बनाएको छ ।
सोडियम आयन ब्याट्रीमा लिथियमको तुलनामा कच्चा पदार्थ सहज रूपमा उपलब्ध हुने भएपनि यसको ऊर्जा घनत्व तुलनात्मक रूपमा कम हुनु र उत्पादन लागत प्रतिस्पर्धी बनाउनु अझै चुनौतीपूर्ण रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...