बायोनपछि हुन्डाईको नयाँ इलेक्ट्रिक एसयूभी आउँदै, ४५० किलोमिटर रेन्ज दिने अपेक्षा
हुन्डाईले भारतीय बजारमा नयाँ एसयूभी बायोन लन्च गरेको छ । यसको मूल्य ९ लाख...
काठमाडौं–चिनियाँ अटोमोबाइल निर्माता चांगानको प्रिमियम विद्युतीय सवारी ब्रान्ड दिपलले कारभित्रै खुट्टा डुबाएर आराम गर्न मिल्ने फुटबाथ सुविधासम्बन्धी प्रविधिको पेटेन्ट आवेदन दिएको छ ।
यो प्रविधि सफलतापूर्वक कार्यान्वयन भएमा कारभित्र यात्राका क्रममा आराम गर्ने नयाँ अनुभव उपलब्ध हुन सक्नेछ ।
चीनमा दर्ता गरिएको पेटेन्ट आवेदनअनुसार उक्त प्रणालीमा विशेष फुटबाथ बेसिन र त्यसलाई बाहिर निकाल्न मिल्ने मेकानिजम समावेश गरिएको छ ।
प्रयोग नगरेको अवस्थामा यो बेसिन अगाडिको यात्रु सिटमुनि लुकाएर राख्न सकिन्छ । आवश्यक पर्दा बाहिर निकालेर प्रयोग गर्न मिल्ने गरी यसको डिजाइन गरिएको छ ।
यसमा पानी छल्किन नदिने संरचना, पानीको बहाव नियन्त्रण गर्ने प्वाल तथा बेसिनलाई हल्लिन नदिने प्रविधि राखिएको छ । साथै, गाडीको पाइपलाइनसँग जोड्न मिल्ने कनेक्टर र बेसिन राखिने स्थानमै डिसइन्फेक्सन प्रणालीसमेत समावेश गरिएको छ ।
कम्पनीका अनुसार गाडीभित्र फुट केयर उपकरण राख्दा ठाउँको अभाव र गाडीको विद्यमान संरचनासँग मिलाउन कठिन हुने समस्यालाई समाधान गर्ने उद्देश्यले यो प्रविधि विकास गरिएको हो ।
यद्यपि, यो सुविधा दिपलका कुन मोडलमा उपलब्ध हुनेछ भन्नेबारे कम्पनीले खुलाएको छैन । यस्तो प्रविधिले गाडीको लागत बढाउन सक्ने भएकाले महँगा तथा फ्ल्यागसिप मोडलमा यसको प्रयोग उपयुक्त हुन सक्ने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...