तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो
काठमाडौं – झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी...
हेटौँडा - अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ जोड्ने कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज र भोलि (कात्तिक १३ र १४ गते) बेलुकी ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म कान्ति राजमार्गमा सवारी आवागमनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए।
उहाँका अनुसार बङ्गालको खाडीमा बनेको अर्नब चक्रवातको प्रभावका कारण जिल्लामा बिहीबारदेखि निरन्तर वर्षा भइरहेकाले सडक तथा राजमार्गमा बाढीपहिरोको उच्च जोखिम देखिएको हो ।
सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले उक्त अवधिमा कान्ति राजमार्गमा सवारीसाधन सञ्चालन नगर्न तथा यात्रा नगर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन्।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...