सुजुकीको सबैभन्दा सानो इलेक्ट्रिक कार ई-स्काई लन्च, रेन्ज ३१० किलोमिटर
सुजुकीले जापानमा आफ्नो नयाँ इलेक्ट्रिक केई कार ई-स्काई लन्च गरेको छ। यसमा...
काठमाडौं–भारतको प्रमुख कार निर्माता मारुती सुजुकीको विद्युतीय कार ई–भिटाराको निर्यातले ५० हजार युनिटको माइलस्टोन पार गरेको छ । घरेलु बजारमा खासै माग नभएपनि ई–भिटारा अन्तर्राष्ट्रिय बजारमा भने लोकप्रिय वनिरहको निर्यातको यो आँकडाले पुष्टि गर्दछ ।
यो उपलब्धिले भारतीय बजारमा उत्पादन भएका विद्युतीय कारको अन्तर्राष्ट्रिय बजारमा बढ्दो मागलाई समेत संकेत गरको कम्पनी भनाई छ ।
कम्पनीले सन् २०२५ अगस्टदेखि विद्युतीय कारको अन्तर्राष्ट्रिय निर्यात सुरु गरेको थियो । यसको पहिलो ग्लोबल ब्याट्री इलेक्ट्रिक एसयूभी ई–भिटारा भारतको गुजरातस्थित हान्सलपुर प्लान्टमा उत्पादन हुँदै आएको छ ।
मारुती सुजुकीका अनुसार ई–भिटारा हाल बेलायत, जर्मनी, नर्वे, जापान र स्विट्जरल्यान्डसहित ५० भन्दा बढि देशमा निर्यात भइरहेको छ । युरोप कम्पनीको सबैभन्दा ठूलो निर्यात बजार बनेको जनाइएको छ ।
सन् २०२६ को अप्रिलदेखि सेप्टेम्बरसम्म भारतबाट निर्यात भएका कुल विद्युतीय कारमध्ये मारुती सुजुकीको हिस्सा करिब ९३ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।
ई–भिटाराको उत्पादन हुने हान्सलपुर प्लान्टको वार्षिक उत्पादन क्षमता हाल १० लाख युनिट पुगेको छ । भारतमा उत्पादन भएका विद्युतीय कारलाई विश्व बजारमा स्थापित गर्ने रणनीतिअन्तर्गत मारुती सुजुकीले निर्यात विस्तारलाई प्राथमिकता दिँदै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...