भल्वो आइसरको चाडपर्व लक्षित ‘फेस्टिभ सर्भिस क्याम्प’ – बम्पर–टु–बम्पर चेकअप निःशुल्क
काठमाडौं – चाडपर्वको अवसर पारेर बतास एमएडब्लू कमर्सियल भेइकल्स प्रालिले...
काठमाडौं । आइसरका सवारी साधनको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्लू कमर्सियल भेइकल्स प्रालिले इटहरीमा आइसरका बीएस६ प्रो रेन्जका ट्रक तथा बस सार्वजनिक गरेको छ। कार्यक्रममा ग्राहकलाई १६ वटा सवारीसाधन हस्तान्तरण गरिएको छ भने विभिन्न सेग्मेन्टका थप ३४ वटा सवारीसाधन बुकिङ भएका छन्।
कम्पनीका अनुसार बुकिङ भएका सवारीसाधनमध्ये १७ वटा लाइट तथा मिडियम ड्युटी (एलएमडी) सवारीसाधन, दुईवटा स्कुल बस, चारवटा हेभी कमर्सियल बस र ११ वटा हेभी ड्युटी (एचडी) ट्रक छन्। सवारी हस्तान्तरण र बुकिङले आइसरको प्रविधि, कार्यक्षमता र व्यावसायिक उपयोगिताप्रति ग्राहकको विश्वास देखाएको कम्पनीले जनाएको छ।
कार्यक्रममा आइसरका बीएस६ प्रो रेन्जका ट्रक तथा बसको फुल लाइनअप प्रदर्शन गरिएको थियो। यी सवारीसाधनमा कम्पनीको ईयुटेक–६ प्रविधि प्रयोग गरिएको छ। उक्त रेन्जलाई इन्धन दक्षता, उच्च कार्यक्षमता, टिकाउपन र उन्नत इन्जिनियरिङमा केन्द्रित गरी विकास गरिएको कम्पनीको भनाइ छ।
नेपालको विविध भौगोलिक अवस्था र व्यावसायिक आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको यो रेन्ज क्षेत्रीय ढुवानी, लामो दूरीको यातायात, निर्माण तथा पूर्वाधार विकास र यात्रुवाहक सेवाका लागि उपयोगी हुने कम्पनीले जनाएको छ। ट्रक तथा बसको फरक–फरक आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यसमा विभिन्न सेग्मेन्टका सवारीसाधन समावेश गरिएको छ।
आइसरले भारतमा बीएस–६ कमर्सियल सवारीसाधनको विकास तथा प्रयोगमा सुरुआती चरणदेखि नै काम गर्दै आएको कम्पनीको दाबी छ। करिब १३ वर्षअघि भारतमा उन्नत उत्सर्जन नियन्त्रण प्रविधिको प्रयोगमार्फत बीएस६ यात्राको सुरुआत गरेको कम्पनीले स्वच्छ र इन्धन दक्ष सवारी प्रविधिमा निरन्तर लगानी गर्दै आएको जनाएको छ।
बीएस६ प्रो रेन्जमा उन्नत इन्जिन प्रविधि, इन्धनको अनुकूलित खपत, सुधारिएको कार्यक्षमता र बलियो संरचनालाई प्राथमिकता दिइएको छ। यसले कमर्सियल सवारीसाधन प्रयोगकर्तालाई सञ्चालन खर्च व्यवस्थापन गर्न, उत्पादकत्व बढाउन र व्यवसायको सञ्चालन अर्थतन्त्र सुधार गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।
भल्भो ग्रुपको प्रविधिगत विशेषज्ञता र आइसरको व्यावसायिक सवारीसाधन निर्माणसम्बन्धी अनुभवको संयोजनमा तयार गरिएको यो रेन्ज विभिन्न सञ्चालन अवस्थाका लागि उपयुक्त हुने बताइएको छ। व्यावसायिक यातायात, निर्माण तथा ढुवानी क्षेत्रमा प्रयोग हुने सवारीसाधनको विश्वसनीयता र सञ्चालन दक्षता सुधार गर्नु यसको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।
इटहरीमा फुल बीएस६ प्रो रेन्ज सार्वजनिक गर्दै बतास एमएडब्लू कमर्सियल भेइकल्सले नेपालभरका ग्राहकलाई आधुनिक व्यावसायिक सवारी प्रविधि उपलब्ध गराउने प्रतिबद्धता दोहो¥याएको छ। कम्पनीले ट्रक तथा बसको बिक्रीसँगै बिक्रीपछिको सेवा र वास्तविक स्पेयर पार्ट्सको सुविधा पनि उपलब्ध गराउँदै आएको जनाएको छ।
बतास एमएडब्लू कमर्सियल भेइकल्स प्रालि नेपालमा आइसर कमर्सियल भेइकल्सको आधिकारिक वितरक हो। कम्पनीले नेपालको यातायात, ढुवानी, निर्माण र यात्रुवाहक सेवा क्षेत्रका आवश्यकतालाई लक्षित गर्दै विभिन्न प्रकारका ट्रक तथा बस बिक्री गर्दै आएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...