कार्तिक १५ देखि नागढुंगा सुरुङमार्गमा टोल शुल्क संकलन सुरु हुने

काठमाडौं – नागढुंगा सुरुङमार्ग प्रवेश गर्ने सवारीसाधनबाट आगामी कार्तिक १५ देखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन सुरु हुने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले एक सूचना प्रकाशित गरी सो जानकारी सार्वजनिक गरेको छ ।

सडक बोर्ड नेपालको कार्यकारी समितिले गत असोज १२ गते गरेको निर्णय र नेपाल राजपत्रमा गत २०८२ चैत २६ मा प्रकाशित सूचना बमोजिम सो शुल्क संकलन गरिने बताइएको छ ।

सूचनाअनुसार वर्ग १ अर्थात कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै वर्ग २ अर्थात मिनी बस, मिनी टिपर वा ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। वर्ग ३ अर्थात बस र ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।

वर्ग ४ अर्थात मल्टी एक्सल ट्रक वा सवारीसाधन तथा भारी उपकरण काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...