१४० किमि/घण्टाको गतिमा टायर फुट्दा पनि स्थिर रह्यो नयाँ एट्टो१

काठमाडौं–बीवाईडीले आफ्नो नयाँ पुस्ताको विद्युतीय ह्याचब्याक कार एट्टो१(चिनियाँ बजारमा सिगल) मा उच्च गतिमा टायर फुट्दा पनि गाडीलाई नियन्त्रणमा राख्न सक्ने सुरक्षा प्रणालीको परीक्षण गरेको छ ।

कम्पनीले चीनमा १४० किलोमिटर प्रतिघण्टाको गतिमा टायर फुट्ने परीक्षण सफलतापूर्वक सम्पन्न गरेको हो ।

परीक्षणका क्रममा गाडीलाई १४० किमि/घण्टाको गतिमा चलाइएको थियो । त्यसपछि विशेष उपकरणको सहायताले अगाडिको दायाँ टायरमा प्वाल पारेर हावा तीव्र गतिमा बाहिर निकालिएको थियो ।

टायरको हावा पूर्ण रूपमा निस्किए पनि गाडी आफ्नो मार्गबाट विचलित नभई स्थिर रहेको र सुरक्षित रूपमा गति घटाउन सफल भएको कम्पनीको दाबी छ ।

बीवाईडीको ओसन सिरिजका महाप्रबन्धक झाङ झुओले परीक्षणको भिडियो सार्वजनिक गरेका थिए । यस्तो प्रणाली सामान्यतया महँगा सवारीसाधनमा बढी देखिने भए पनि कम्पनीले आफ्नो किफायती विद्युतीय कारमा समेत उपलब्ध गराएको छ ।

दोस्रो पुस्ताको एट्टो१ को लम्बाइ ४,२०५ मिलिमिटर, चौडाइ १,८१० मिलिमिटर र उचाइ १,५७० मिलिमिटर छ । यसको ह्विलबेस २,६५० मिलिमिटर रहेको छ । गाडीमा ८५ किलोवाट र ९५ किलोवाट क्षमताका दुई मोटरको विकल्प दिइएको छ ।

यसमा ३०.१ किलोवाट आवर र ३९.२ किलोवाट आवर क्षमताका एलएफपी ब्याट्री विकल्प छन् । कम्पनीका अनुसार यसले एकपटकको फुल चार्जमा सीएलटीसी मापदण्डअनुसार ३२० देखि ४२० किलोमिटरसम्म रेन्ज दिन्छ ।

उच्च भेरियन्टमा उपलब्ध फ्ल्यास चार्जिङ प्रविधिबाट ब्याट्रीलाई १० देखि ७० प्रतिशतसम्म चार्ज गर्न पाँच मिनेट लाग्ने दाबी गरिएको छ ।

नयाँ एट्टो१ मा लिडारमा आधारित ‘गड्स आई’ ड्राइभिङ असिस्टेन्स प्रणाली पनि विकल्पका रूपमा उपलब्ध छ । चीनमा यसको सुरुवाती मूल्य ६५ हजार ९०० युआन राखिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...