परीक्षणमा देखियो रोयल इनफिल्डको दोस्रो इलेक्ट्रिक मोटरसाइकल

काठमाडौं–रोयल इनफिल्डले आफ्नो नयाँ इलेक्ट्रिक मोटरसाइकल फ्लाइङ फ्लि एस६ को भारतमा परीक्षण सुरु गरेको छ । परीक्षणका क्रममा देखिएको यो मोटरसाइकल उत्पादनका लागि तयार अवस्थाको नजिक रहेको बताइएको छ ।

कम्पनीको इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड फ्लाइङ फ्लिअन्तर्गत आउने एस६, यसअघि सार्वजनिक भएको सी६ भन्दा फरक स्क्र्याम्बलर डिजाइनमा तयार गरिएको छ ।

यसमा अग्लो फ्रन्ट फेन्डर, पातलो बडी डिजाइन र हिमालयन ४५० सँग मिल्दोजुल्दो देखिने पछाडिको भाग रहेको छ । एस६ मा अगाडि अपसाइड डाउन फ्रन्ट फोर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ ।

यसमा स्पोक ह्विल, ब्लक–प्याटर्न टायर र दुवै ह्विलमा डिस्क ब्रेक उपलब्ध हुनेछन् । यी विशेषताले खराब सडक तथा हल्का अफरोड यात्राका लागि यसलाई उपयुक्त बनाउने अपेक्षा गरिएको छ ।

रोयल इनफिल्डले एस६ को आधिकारिक ब्याट्री क्षमता, मोटर पावर र रेन्ज सार्वजनिक गरेको छैन । तर यसमा फ्लाइङ फ्लि सी६ कै ३.९१ किलोवाट आवर ब्याट्री र २० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर प्रयोग हुन सक्ने अनुमान गरिएको छ । सी६ ले एकपटकको चार्जमा १५४ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

एस६ मा टिएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, कनेक्टिभिटी तथा नेभिगेसनजस्ता सुविधा समेत उपलब्ध हुने अपेक्षा गरिएको छ । यस नयाँ बाइकको ग्लोबल डेब्यू यसै वर्षको अन्त्यतिर हुने अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...