१० लाख भारुभन्दा कम मूल्यमै आयो हुन्डाई बायोन, एआईदेखि प्यानोरामिक सनरुफसम्मका फिचर

काठमाडौं–हुन्डाई मोटर इन्डियाले नयाँ कम्प्याक्ट एसयूभी बायोन सार्वजनिक गरेको छ । सुरुवाती मूल्य ९ लाख ९९ हजार भारु निर्धारण गरिएको यो मोडल कम्पनीको एसयूभी लाइनअपमा भेन्यु र क्रेटाबीच रहनेछ ।

बायोनको डिजाइन परम्परागत बक्सी एसयूभीभन्दा फरक क्रसओभर शैलीमा तयार गरिएको छ । अगाडि एल आकारका एलईडी डेटाइम रनिङ लाइट (डीआरएल), स्प्लिट हेडलाइट र सिल्भर फिनिस भएको स्किड प्लेट दिइएको छ ।

यसमा १७ इन्चका डुअल–टोन अलोय ह्विल, रूफ रेल र पछाडि एलईडी टेललाइट छन् । यो गाडी विभिन्न रङ विकल्पमा उपलब्ध हुनेछ ।

बायोनमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र १२.३ इन्चकै डिजिटल ड्राइभर डिस्प्ले दिइएको छ । यसमा वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, ८ स्पिकरको बोस साउन्ड सिस्टम, वायरलेस चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल र प्यानोरामिक सनरुफ छन् । जेनेरेटिभ एआईमा आधारित भ्वाइस असिस्टेन्ट र एडप्टिभ क्रुज कन्ट्रोल पनि उपलब्ध गराइएको छ ।

सुरक्षाका लागि ६ वटा एयरब्याग, लेभल–२ एडास, ३६० डिग्री क्यामेरा, अगाडि तथा पछाडि पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सिस्टम, ब्लाइन्ड भ्यु मोनिटर र चारै पाङ्ग्रामा डिस्क ब्रेक राखिएको छ ।

बेयोनमा १.५ लिटरको नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन छ, जसले ११५ पीएस पावर र १४४ एनएम टर्क जेनेरेट गर्दछ । यसमा ६ स्पिड म्यानुअल र सीभीटी अटोमेटिक गियरबक्सको विकल्प छ । सीभीटी संस्करणले एक लिटर पेट्रोलको खपतमा १८.६ किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।

बायोन नेपाली बजारका लागि समेत प्रतिक्षा गरिएको एसयूभी हो । नेपाल आएपछि यसले भेन्यू भन्दा केही महंगो र क्रेटाभन्दा सस्तो एसयूभी खरिद गर्न चाहने ग्राहकलाई आकर्षित गर्नेछ । यो एसयूभी अवको केही समयपछि नेपाली बजारमा उपलब्ध हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...