पिरेली र बीकेटीबीच भारतमै कारका टायर उत्पादन गर्न साझेदारी

काठमाडौं–इटलीको टायर उत्पादक कम्पनी पिरेलीले भारतको बालकृष्ण इन्डस्ट्रिज लिमिटेड (बीकेटी) सँग भारतमै कारका टायरहरू उत्पादन गर्न साझेदारी गरेको छ ।

दुई कम्पनीबीच धेरै सम्झौताहरूमा हस्ताक्षर भएको हो । पहिलो चरणमा सन् २०३० सम्ममा ८ लाख युनिट पिरेली–ब्रान्डेड टायरहरू उत्पादन गर्ने योजना रहेको छ । यी टायरहरू पिरेलीको प्राविधिक तथा गुणस्तर मापदण्डअनुसार गुजरातको भुजस्थित बीकेटीको सुविधा सम्पन्न कारखानामा उत्पादन गरिने जनाइएको छ ।

दोस्रो चरणमा, घरेलु तथा अन्तर्राष्ट्रिय बजारका लागि पिरेली र बीकेटी दुवै ब्रान्डका उच्च मूल्यका कार टायरहरू उत्पादन गर्न एक निर्माण प्लान्ट स्थापना गर्न ५०ः५० को संयुक्त साझेदारीको योजना बनाइएको छ । यस संयुक्त साझेदारीका लागि अन्तिम सम्झौता भने अझै हुन बाँकी छ ।

पिरेलीले पहिले नै भारतमा आफ्नो व्यावसायिक उपस्थिति जनाइसकेको छ र यो प्रिमियम कार तथा मोटरसाइकल प्रयोगकर्तामाझ परिचित ब्रान्ड हो ।

अर्कोतर्फ, बीकेटी कृषि, औद्योगिक, निर्माण, खानी र सामग्री ह्यान्डलिङ इक्यूपेन्टमा प्रयोग हुने अफ–हाइवे टायरको क्षेत्रमा बलियो उपस्थिति भएको कम्पनी हो ।

यो सम्झौता पिरेलीका लागि स्थानीय बजारमा आफ्नो पहुँच विस्तार गर्ने कदम हो भने यसले घरेलु र अन्तर्राष्ट्रिय दुवै बजारमा कार टायरको क्षेत्रमा बीकेटीको विस्तारलाई पनि सहयोग पु¥याउनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...