जनकपुर बोल्ट्सको गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी

काठमाडौं–एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालि (श्री एसटीसी) नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि जनकपुर बोल्ट्सको आधिकारिक ‘गो ग्रीन इनर्जी पार्टनर’ बनेको छ ।

जनकपुर बोल्ट्स र एसटीसीबीच भएको सम्झौताअनुसार प्रतियोगिताभर टोलीको ब्रान्डिङ, म्याचडे गतिविधि, आतिथ्य सेवा तथा डिजिटल अभियानमा एसटीसीलाई समावेश गरिनेछ ।

जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले एसटीसीसँगको सहकार्यले भरपर्दो ऊर्जा र दिगो भविष्यप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए ।

एसटीसी इनर्जी इन्डस्ट्रिजका निर्देशक लक्ष्मीप्रसाद उप्रेतीले यस साझेदारीमार्फत नेपालभरिका क्रिकेटप्रेमीमाझ कम्पनीका ब्रान्डको पहुँच विस्तार हुने विश्वास व्यक्त गरे ।

एसटीसी इनर्जी इन्डस्ट्रिजले दुई पाङ्ग्रे सवारीसाधनमा प्रयोग हुने राइड र इनर्जी ब्रान्डका ब्याट्री उत्पादन गर्दै आएको छ भने मधेश प्रदेशको प्रतिनिधित्व गर्ने जनकपुर बोल्ट्सले एनपीएल सिजन ३ मा प्रतिस्पर्धा गर्दैछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...