पेट्रोलियम पदार्थको मूल्य यथावत्, पाक्षिक रूपमा ३ अर्ब ४५ करोड ८१ लाख घाटा
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको...
काठमाण्डौ – नेपाल आयल निगमले दशैँको सार्वजनिक बिदाका दिनमा पनि पेट्रोल पम्प खुला रहने जनाएको छ । निगमले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न प्रदेश तथा जिल्लामा सञ्चालित डिपो तथा पम्प आलोपालो खुला गरिने जनाएको हो ।
दशैँको टीकाको दिन र एकादशीका दिनबाहेक अरू सबै दिन डिपोहरू खुला रहनेछन् । काठमाण्डौको थानकोटमा रहेको निगमको पेट्रोलियम डिपो कात्तिक १, २, ६ र ७ गते खुला रहने निगमले जनाएको छ ।
त्यसैगरी, कोशी प्रदेशको विराटनगर डिपो कात्तिक २, ६ र ८ गते खुला रहनेछ । मधेश प्रदेशको अमलेखगन्ज पेट्रोलियम डिपो १, २, ६ र ८ गते खुला रहनेछ ।
गण्डकी प्रदेशको पोखरामा कात्तिक १, २ र ६ गते, लुम्बिनी प्रदेशको भैरहवा डिपो कात्तिक १, २, ६ र ८ गते तथा कर्णाली प्रदेशको सुर्खेत डिपो कात्तिक २ र ७ गते खुला रहने निगमले जनाएको छ ।
त्यसैगरी, सुदूरपश्चिम डिपो कात्तिक २ र ७ मा खुला रहने भएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...