फेरि पनि जनकपुर बोल्ट्सको अफिसियल लुब्रिकेन्ट पार्टनर बन्यो गल्फ, स्पेसल एडिसन प्याक सार्वजनिक
काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्ट्सको आधिकारिक आयातकर्ता तथा उत्पादक...
काठमाडौं–टोटल इनर्जिज लुब्रिकेन्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि लुम्बिनी लायन्सको आधिकारिक परफर्मन्स पार्टनर बनेको छ । नेपालका लागि टोटल लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले लुम्बिनी लायन्ससँग साझेदारी घोषणा गरेको हो ।
साझेदारीअनुसार अक्टोबर २६ देखि सुरु हुने एनपीएल सिजन ३ मा लुम्बिनी लायन्सका खेलाडीहरूको हेलमेटमा टोटल इनर्जिजको लोगो देखिनेछ ।
कम्पनीले क्रिकेटको प्रतिस्पर्धात्मक भावना र सवारीसाधनको भरपर्दो कार्यसम्पादनलाई जोड्ने उद्देश्यले ‘हरेक ओभर, हरेक माइल’ अभियानसमेत सञ्चालन गर्ने जनाएको छ ।
एनपीएल अवधिभर डिजिटल माध्यम र विभिन्न स्थलगत गतिविधिमार्फत अभियान सञ्चालन गरिने कम्पनीको भनाई छ । यसअन्तर्गत लुम्बिनी लायन्सको प्रशिक्षणसँग सम्बन्धित सामग्री, मेकानिक तथा खुद्रा विक्रेताको सहभागितामा कार्यक्रम र उपभोक्तालाई लक्षित गतिविधि समावेश हुनेछन् ।
लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले तयारी, मेहनत र उत्कृष्ट प्रदर्शनप्रतिको साझा प्रतिबद्धताका कारण टोटल इनर्जिजसँगको साझेदारी महत्त्वपूर्ण रहेको बताए ।
उनले मैदानमा उत्कृष्टता हासिल गर्ने प्रयाससँगै नेपालका सडकमा पनि भरपर्दो कार्यसम्पादनको सन्देश फैलाउन सहकार्यले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
लक्ष्मी ल्युब आयलका बिक्री प्रमुख सुबोध थापाले क्रिकेटप्रतिको उत्साह र सवारीसाधन सञ्चालनमा आवश्यक पर्ने विश्वसनीयताबीच समानता रहेको बताए । उनका अनुसार साझेदारीमार्फत टोटल लुब्रिकेन्टसम्बन्धी विशेषज्ञतालाई नेपाली सवारीचालक, मोटरसाइकल चालक, मेकानिक तथा खुद्रा विक्रेतामाझ अझ नजिक पु¥याइनेछ ।
टोटलले नेपालमा कारका लागि क्वाट्र्ज, मोटरसाइकलका लागि हाइ–पर्फ, ट्रक तथा बसका लागि रुबिया र ट्र्याक्टरका लागि ट्र्याक्टाग्री रेन्जका लुब्रिकेन्ट उपलब्ध गराउँदै आएको छ । कम्पनीले ‘मैदानमा पनि, सडकमा पनि कार्यसम्पादनको सुरक्षा’ भन्ने सन्देशमार्फत निरन्तर भरपर्दो प्रदर्शनको महत्वलाई उजागर गर्ने लक्ष्य राखेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...