नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ एकसाथ २० सहरमा विस्तार
काठमाडौं–यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइडस प्रालिले...
काठमाडौं–दसैँको उत्साह र उमङ्गलाई हर्षोल्लासपुर्वक मनाउन यामाहा नेपालको लेगेसी राइडिङ कम्युनिटी यामाहा ब्लु स्ट्रिक्सले ‘चङ्गा चेट’ फेस्टिभ राइडको आयोजना गरेको छ ।
साहसिक यात्रा र आपसी सम्बन्धलाई प्राथमिकता दिँदै आयोजना गरिएको यस कार्यक्रमले दसैँको खुसी र उल्लासलाई राइडमार्फत अभिव्यक्त गरेको छ ।
यामाहा नेपालका अनुसार, राइडमा पूर्वी नेपाल, चितवन, मकवानपुर र काठमाडौं उपत्यकालाई समेट्ने चारवटा रुटमा राइडरहरू सहभागी भएका थिए । तय गरिएको योजनाअनुसार धरानदेखि भेडेटार फार्म भिलेजसम्म २० जना, चितवनदेखि मायाटारसम्म २५ जना, हेटौँडादेखि मकवानपुरगढीसम्म २० जना र काठमाडौंको बुढानीलकण्ठसम्मको राइडमा ३० जना सहभागी भएका थिए ।
कार्यक्रमले सामुहिक यात्रा र नयाँ ठाउँको अवलोकनलाई प्राथमिकता दिँदै बलियो राइडिङ समुदाय निर्माण गर्ने यामाहा ब्लु स्ट्रिक्सको प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गरेको कम्पनी भनाई छ ।
कार्यक्रमका अवसरमा बोल्दै एमएडब्लूका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले ‘चङ्गा चेट’ फेस्टिभ राइडमार्फत नेपालका विभिन्न रुटमा दसैँको खुसी र आपसी एकताको भावना फैलाउन सफल भएको बताए । ‘हाम्रो उद्देश्य उत्साहजनक रूपमा एकसाथ यात्रा गर्दै रोमान्चक राइडको आनन्द लिने थियो’ उनले भने ।
यामाहा ब्लु स्ट्रिक्स राइडिङप्रति रुचि राख्ने र यामाहाको गुणस्तरको कदर गर्ने सबैलाई एकै ठाउँमा जोड्ने सकारात्मक पहल हो । यस प्लेटफर्ममार्फत कम्युनिटीका सदस्यहरूले यामाहाका मूल्यमान्यताका बारेमा अझ राम्रोसँग बुझ्ने अवसर पाउँछन्, जसले यामाहा र यसका ग्राहकबीचको सम्बन्धलाई थप बलियो बनाउने गर्दछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...