५ दिनपछि लन्च हुँदै नयाँ एट्टो१ : साइज, पावरट्रेन र फिचरमा ब्यापक परिवर्तन
बीवाईडीको दोस्रो पुस्ताको लोकप्रिय विद्युतीय कार एट्टो१(चिनियाँ बजारमा...
काठमाडौं–नेपालमा विद्युतीय एसयूभीको प्रतिस्पर्धा बढिरहेका बेला वुलिङ एक्सियन ईभीका स्पेयर पार्ट्सको मूल्य सार्वजनिक गरिएको छ ।
वुलिङको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले पार्ट्सको मूल्यसूची सार्वजनिक गरेसँगै ग्राहकलाई गाडी खरिद गर्नुअघि मर्मतसम्भार खर्चबारे जानकारी लिन सहज हुने भएको छ ।
उपलब्ध मूल्यसूचीअनुसार वुलिङ एक्सियनको हेडलाइटको मूल्य ४० हजार रुपैयाँ छ । अगाडिको विन्डसिल्डको मूल्य ३९ हजार ८०० रुपैयाँ छ भने फ्रन्ट अपर बम्परको मूल्य १२ हजार रुपैयाँ छ ।
रेडिएटर एसेम्बलीको मूल्य १७ हजार रुपैयाँ रुपैयाँ तोकिएको छ । त्यसैगरी, एसी फिल्टरको १ हजार ४००, वाइपर ब्लेडको २ हजार तथा पछाडीको ब्रेक प्याडलाई ११ हजार र अगाडीकोलाई २४ हजार रुपैयाँ पर्ने जनाइएको छ ।
विद्युतीय गाडी खरिद गर्दा ब्याट्री क्षमता, रेन्ज, मोटर पावर र फिचरलाई प्राथमिकता दिने गरिए पनि दुर्घटना वा नियमित मर्मतका क्रममा आवश्यक पर्ने पार्ट्सको मूल्य पनि महत्त्वपूर्ण हुन्छ । विशेषगरी हेडलाइट, विन्डसिल्ड, सस्पेन्सन र ब्रेकिङ प्रणालीका पार्ट्सको मूल्यले मर्मत खर्चमा प्रभाव पार्न सक्छ ।
पार्ट्सको मूल्य सार्वजनिक हुनुले ग्राहकलाई गाडीको दीर्घकालीन स्वामित्व खर्चबारे अनुमान गर्न सहयोग पु¥याउँछ । यद्यपि, वास्तविक मर्मत खर्चमा पार्ट्सको उपलब्धता, जडान शुल्क, कर तथा अन्य सेवा शुल्कसमेत जोडिन सक्छन् ।
त्यसैले गाडी खरिद गर्नुअघि ग्राहकले स्पेयर पार्ट्सको मूल्यसँगै तिनको उपलब्धता, वारेन्टी र बिक्रीपछिको सेवाबारे पनि जानकारी लिनु उपयुक्त हुन्छ ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...