भक्तपुरमा खुल्यो भेस्पा र अप्रिलियाको नयाँ शोरुम
काठमाडौं – भेस्पा तथा अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा...
काठमाडौं–भेस्पा स्कुटरको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्पले भोलीे (असोज २६ गते) नयाँ १५० सीसी भेस्पा स्कुटर लन्च गर्ने तयारी गरेको छ ।
उक्त स्कुटर कम्पनीको काठमाडौंस्थित त्रिपुरेश्वर शोरुममा सार्वजनिक गर्न लागिएको हो ।
भेस्पाको छुट्टै इटालियन डिजाइन र राइडिङ अनुभव रोज्ने ग्राहकहरूका लागि यसले थप विकल्प ल्याउने कम्पनीको भनाई छ । आफ्नो चिनिने स्टाइल र कालजयी आकर्षणका कारण भेस्पाले नेपालको स्कुटर बजारमा आफ्नो उपस्थिति कायम राख्दै आएको छ ।
नयाँ स्कुटर सार्वजनिक गर्न लागिएको परिवेशबारे बोल्दै डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय के. महतोले भेस्पाले सधैं कालजयी इटालियन डिजाइन, व्यक्तित्व र विशिष्ट राइडिङ अनुभवको प्रतिनिधित्व गर्दै आएको बताए ।
‘हाम्रो नयाँ १५० सीसी मोडलको सुरुवातसँगै नेपालमा भेस्पा परिवारमा थप एउटा सदस्य जोड्न पाउँदा हामी उत्साहित छौं । बजारमा भेस्पाको उपस्थिति अझ सुदृढ बनाउन र ब्रान्डको विशिष्ट चरित्र तथा विरासत झल्कने उत्पादन ग्राहकहरूलाई उपलब्ध गराउन हामी प्रतिबद्ध छौं’ उनले भने ।
डेल्टा अटोकर्पले आफ्नो सञ्जाल र स्कुटरको शृंखलामार्फत देशभरका ग्राहकहरूलाई भेस्पाका मोडलहरू उपलब्ध गराउँदै आएको छ । नयाँ स्कुटरका विशेषता र उपलब्धताबारे थप जानकारी असोज २६ गतेको कार्यक्रममार्फत गराउने कम्पनीको भनाई छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...