भोली भेस्पाको नयाँ १५० सीसी स्कुटर लन्च हुँदै
काठमाडौं–भेस्पा स्कुटरको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्पले...
काठमाडौँ—नेपालको प्रतिष्ठित व्यावसायिक घराना हाम्स ग्रुप अन्तर्गतको हाइली एडभान्स मोटर्सले विश्व प्रसिद्ध ब्रान्ड क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा भित्र्याएको छ ।
टेकूस्थित कम्पनीको नयाँ शोरुममा आयोजित विशेष कार्यक्रमका बिच नेपालका पूर्व राष्ट्रिय क्रिकेट कप्तान तथा ब्रान्ड एम्बेसिडर पारस खड्काले नयाँ मोडलहरूको अनावरण गरेका हुन् ।
सन् १९८५ मा स्थापित क्यूजे मोटर विश्वकै चर्चित जिली ग्रुप अन्तर्गतको ब्रान्ड हो । यसै कम्पनीले इटालियन ब्रान्ड बेनेलीको स्वामित्व लिनुका साथै हार्ले–डेभिडसनका लागिसमेत बाइक निर्माण गर्दै आएको छ ।
चीनमा २५० सीसीभन्दा माथिका प्रिमियम बाइक सेग्मेन्टमा लगातार ११ वर्षसम्म शीर्ष स्थानमा रहेको यस ब्रान्डले मोटोजीपी र वल्र्ड सुपरबाइक च्याम्पियनसिप जस्ता विश्वस्तरीय रेसिङ प्रतियोगिताहरूमा पनि बलियो पकड बनाएको छ ।

कम्पनीले प्रारम्भिक चरणमा नेपाली ग्राहकका लागि चार वटा उत्कृष्ट मोडलहरू सार्वजनिक गरेको छ । जसअन्तर्गत २४९ सीसी शक्तिशाली इन्जिन र डुअल डिस्क ब्रेकसहितको एसआरभी २५०ए को मूल्य ९ लाख ७९ हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी १७५ सीसी इन्जिन र एबीएस सुरक्षा फिचर रहेको एसआरके १८०एस को मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ । १२५ सीसी लिक्विड–कुल्ड इन्जिन र आधुनिक टीएफटी डिस्प्ले युक्त एसआरके १२५एस को मूल्य ३ लाख ९९ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।
एन्टी–थेफ्ट सिस्टम र कि–लेस इग्निसन जस्ता अत्याधुनिक सुविधा भएको आरकेओ १२५पी को मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ । यी मूल्यहरू नेपालमा ब्रान्डको प्रारम्भिक शुभारम्भ तथा दसैँ पर्वको अवसरमा दिइएको विशेष छुट अन्तर्गतका हुन् ।
दसैँ तथा ब्रान्ड लन्चको अवसर पारेर कम्पनीले नगद छुट र उपहारको विशेष प्याकेजसमेत घोषणा गरेको छ । अफर अन्तर्गत छनोट गरिएका मोडलहरूमा २० हजार रुपैयाँसम्मको नगद छुट पाइनेछ ।
साथै ५ जना ग्राहकले १० हजार रुपैयाँसम्मको स्मार्टवाच प्राप्त गर्नेछन् भने ३ जना भाग्यशाली विजेताहरूलाई १ लाख रुपैयाँसम्मको शैक्षिक छात्रवृत्ति प्रदान गरिनेछ ।
स्वास्थ्य, शिक्षा, व्यापार र कृषि क्षेत्रमा स्थापित हाम्स ग्रुपले अटोमोटिभ क्षेत्रमा व्यावसायिक गाडीहरूको सफलतापछि अब दुई पाङ्ग्रे बजारमा प्रवेश गरेको हो । नेपाली ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि, विश्वस्तरीय बनावट र उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्न कम्पनी पूर्ण रूपमा प्रतिबद्ध रहेको ग्रुपका प्रतिनिधिले जानकारी दिएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...