टायरबाटै चार्ज हुने अनौठो वायरलेस चार्जिङ सिस्टमको विकास
स्विट्जरल्यान्डको कम्पनी विन्डक्सनले इलेक्ट्रिक बस चार्ज गर्नको लागि...
गोरखा - बुढीगण्डकीमा आएको बाढीले चुमनुब्री गाउँपालिका-३ सल्लेरीमा निर्माणाधीन जलविद्युत् परियोजनाको क्याम्प बगाएको छ । बाढीले केही उपकरणसमेत बगाएको छ ।
३४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बाढीले बगाएको हो । आयोजना निर्माण गर्न कुल ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले आयोजना निर्माण गर्नेछ । उक्त जलविद्युत् आयोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० बैंक तथा वित्तीय संस्थाले कन्सोर्टियम (संयुक्त) मोडलमा ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।
परियोजनाको बाँध क्षेत्र गोरखाको चुमनुब्री गाउँपालिकाको वडा नं ३ र विद्युत् गृह धार्चे गाउँपालिकाको वडा नम्बर ३ मा हुनेछ । बाँध क्षेत्र र विद्युत्गृह बीचमा १० किमी सडक रहेको कम्पनीले जनाएको छ । आयोजनाको पावर हाउस भूमिगत बनाइने योजना छ ।
त्यसैगरी बूढीगण्डकीमा आएको बाढीले सोतीमा रहेको मोटरेबल पुल बगाएको छ । आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले उक्त पुल बाढीले बगाएको जानकारी दिए ।
“सोती भन्ने ठाउँमा रहेको मोटरेबल पुल बगाइसकेको अवस्था छ । सोती बजार क्षेत्र डुबानमा छ घरै बगाएको छैन,” उनले भने, “माथि जगत बगरतिर घरै बगाइसकेको छ ।”
बिहानैदेखि सुरक्षा सतर्कता अपनाएर हाइ अलर्ट गराइएको उनले बताए । उनले बाढी आरुघाट कटेको जानकारी दिए । मानिसहरू आरुघाटमाथि आरुटारमा गएका उनले जानकारी दिए । उनका अनुसार निम्लुङ खोलामा ठूलो पहिरो आएर नदी थुनिने र खोलिने क्रम जारी रहेको जानकारी पाएको उनले बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...