घटस्थापनादेखि पूर्णिमासम्म नारायणगढ-काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी चलाउन रोक

काठमाडौं - नजिकिँदै गरेको बडादसैंलाई लक्षित गर्दै नारायणगढ-काठमाडौं सडकखण्डमा ट्रेलर लगायतका ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।

यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकायहरूको बैठकले दसैंको समयमा यात्रुवाहक सवारीको अत्यधिक चाप हुने कुरालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।

विभागले गरेको निर्णय अनुसार, दसैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म (आगामी असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म) नारायणगढ-काठमाडौं रुटमा ठूला मालवाहक सवारीसाधन चलाउन पाइने छैन । चाडपर्वको बेला सडकमा हुने ट्राफिक जाम कम गर्न र यात्रुको आवागमनलाई सहज तथा सुरक्षित बनाउन यो कदम चालिएको विभागले जनाएको छ।

यद्यपि, सबै मालवाहक सवारीसाधनलाई भने यो रोक लागू हुने छैन । विभागका अनुसार खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधन भने यस अवधिमा पनि सडकमा निर्वाध रूपमा गुड्न पाउनेछन् ।

दसैंमा राजधानीबाट बाहिरिने र भित्रिने यात्रुहरूको संख्या लाखौंमा हुने भएकाले सडक सुरक्षा र सहज यात्राको वातावरण सुनिश्चित गर्न विभागले हरेक वर्ष यस्ता विशेष नियमहरू लागू गर्दै आएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...