पेप्सीकोलामा नेपालकै ठूलो ईभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदै फोटोन नेपाल

काठमाडौं – नेपालका लागि फोटोन ईभी भ्यानको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स् प्रालिले ईभी कमर्सियल क्षेत्रमा सबैभन्दा ठूलो व्यवस्थित र अत्याधुनिक सुविधा सहितको सर्भिस सेन्टर स्थापना गर्न लागेको छ ।

काठमाडौंको पेप्सीकोला क्षेत्रमा स्थापना हुने नेपालकै ठूलो सो ईभी कमर्सियल सर्भिस सेन्टर आधुनिक पूर्वाधार, अत्याधुनिक सर्भिस उपकरण तथा पर्याप्त सेवा क्षमता सहित निर्माण भइरहेको छ । सर्भिस सेन्टरमा फोटोनका अन्तर्राष्ट्रिय संस्थाबाट तालिम प्राप्त दक्ष प्राविधिक तथा इन्जिनियरहरूको टोली रहनेछन् । सर्भिस विस्तारसँगै फोटोन ब्रान्डले ग्राहकलाई भरपर्दो बिक्री पछिको सेवा र जेन्युइन पार्ट्सको उपलब्धताका साथै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

बिक्रीपछिको सेवामा नवीन पहल

पेप्सीकोलामा स्थापना भइरहेको नयाँ सर्भिस सेन्टर फोटोनका सवारीसाधन बिक्रीपछिको सेवा, जेन्युइन पार्ट्स उपलब्धता, ब्याट्री परिक्षण तथा नियमित मर्मत सम्भार र ड्राइभर तथा प्राविधिक तालिम एउटै स्थानबाट उपलब्ध हुने गरी विशाल सर्भिस सेन्टरको अवधारणालाई मध्य नजर गर्दै सर्भिस सेन्टर तयार गरिएको छ ।

गुणस्तरीय सेवा कायम राख्दै छिटो र प्रभावकारी रुपमा सवारी साधनको मर्मत सम्भार सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ । फोटोन मोटर नेपालका प्रमुख कार्यकारी अधिकृत डा. अनिल कुमार बरालले भने, “बिक्रीपछिको गुणस्तरीय सेवा हाम्रो पहिलो प्राथमिकता हो । सवारीसाधन बिक्री गर्नु मात्र हाम्रो जिम्मेवारी होइन । हरेक फोटोनका ग्राहकले आफ्नो सवारीसाधनका लागि गुणस्तरीय सेवा, जेन्युइन पार्ट्स र व्यावसायिक प्राविधिक सहयोग सहज रूपमा प्राप्त गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो ।”

विशेषज्ञ प्राविधिक सेवा र जेन्युइन पार्टपुर्जाको सुनिश्चितता

नयाँ सर्भिस सेन्टर, नेपालमा उपलब्ध फोटोनका विभिन्न सवारीसाधनलाई प्रभावकारी रूपमा सेवा दिन सक्ने आधुनिक जाँच तथा मर्मत प्रणालीले सुसज्जित हुनेछ । फोटोन अन्तर्राष्ट्रिय संस्थाबाट तालिम तथा प्रमाणपत्र प्राप्त प्राविधिक तथा इन्जिनियरहरूको टोलीले कम्पनीले निर्धारण गरेका सेवा मापदण्डअनुसार सवारीसाधनको निरीक्षण, मर्मतसम्भार, प्राविधिक जाँच तथा आवश्यक मर्मत कार्य गर्नेछ ।

सर्भिस सेन्टरमा फोटोनका सवारीसाधन जेन्युइन पार्ट्स पर्याप्त मात्रामा उपलब्ध हुने गरी सुरक्षित तथा व्यवस्थित रूपमा राखिनेछ । आवश्यक पार्ट्स सहजै उपलब्ध हुँदा मर्मतसम्भारका क्रममा हुने अनावश्यक ढिलाइ कम हुने, सवारीसाधन छिटो मर्मत भई ग्राहकलाई समयमै दिन सकिने तथा लामो समयसम्म सवारीसाधन सञ्चालनमा
नआउँदा हुने असुविधा र व्यावसायिक क्षति न्यूनीकरण हुने अपेक्षा गरिएको छ । ढिलाइ कम हुनुका साथै सवारीसाधन सर्भिस सेन्टरमा लाग्ने समय पनि घट्ने अपेक्षा गरिएको छ ।

नेपालभर फोटोनको बिक्रीपछिको सेवा विस्तार

फोटोनको हाल नेपालभर २१ वटा सर्भिस सेन्टर तथा सर्भिस टच प्वाइन्ट रहेको छ । यसले ग्राहकको पहुँचमा गुणस्तरीय बिक्री पछिको सेवा पु¥याउने कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको बताइएको छ । राष्ट्रव्यापी विस्तार योजना अन्तर्गत फोटोनले सन् २०२६ को अन्त्यसम्म पूर्वदेखि पश्चिम नेपालका प्रमुख मार्गहरूमा प्रत्येक १०० किलोमिटरको दूरीभित्र फोटोनको टच प्वाइन्ट उपलब्ध गराउने लक्ष्य राखेको छ ।

ग्राहकलाई देशका विभिन्न स्थानमा सहज रूपमा गुणस्तरीय सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले फोटोनले आफ्नो सेवा सञ्जाल विस्तारलाई प्राथमिकता दिएको जनाएको छ ।

पेप्सीकोलामा सञ्चालनमा आउन लागेको नयाँ सर्भिस सेन्टर फोटोनको बिक्रीपछिको सेवा पूर्वाधार विस्तारमा गरिएको महत्वपूर्ण लगानीका रूपमा रहेको कम्पनीले जनाएको छ । नयाँ सर्भिस सेन्टरले ग्राहकलाई थप सहज र प्रभावकारी सेवा उपलब्ध गराउनुका साथै उनीहरूसँग दीर्घकालीन सम्बन्ध कायम गर्ने कम्पनीको प्रतिबद्धतालाई समेत थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...