‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्याण्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक
काठमाडौं–युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिले आयोजना गरेको...
काठमाडौं–पूर्वाञ्चल ल्युब आयल (पीएलओ) ले सर्वसाधारणका लागि छिट्टै साधारण शेयर (आईपीओ) निष्कासन गर्ने निर्णय गरेको छ ।
शुक्रबार सम्पन्न कम्पनीको २७ औँ वार्षिक साधारणसभाले बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । यस प्रक्रिया अन्तर्गत कम्पनीले योग्य संस्थागत लगानीकर्ताका लागि ६ लाख कित्ता शेयर छुट्याएको छ ।
साथै, उक्त साधारणसभाले शेयरधनीहरूका लागि अघिल्लो आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.४२ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ ।
सभाले आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति, वार्षिक बजेट पारित गर्नुका साथै सञ्चालकहरूको पारिश्रमिक र नयाँ सञ्चालक समिति चयनसम्बन्धी विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...