बीवाईडीको डाइनेस्टी सिरिजले रच्यो इतिहास, १३ वर्षमै एक करोड गाडी उत्पादन
काठमाडौं–बीवाईडीको चर्चित ‘डाइनेस्टी’ सिरिजले सवारी उत्पादनमा नयाँ...
बीवाईडीको सब ब्रान्ड फाङ चेङ बाओले लिफ्टब्याक फर्मुला एसको डेलिभरी सुरु गरेको छ। सेप्टेम्बर १६ मा चिनियाँ बजारमा लन्च गरिएको सो कार १२ दिनमै ग्राहकसम्म पुग्न थालेको हो । फर्मुला एसले चिनियाँ बजारमा शाओमी एसयू७ सँग प्रतिस्पर्धा गर्नेछ। यसलाई अन्तर्राष्ट्रिय बजारमा डेन्जा ब्रान्डमार्फत लन्च गर्ने सम्भावना रहेको छ ।
फर्मुला एसको लम्बाइ ५०६० एमएम, चौडाइ १९६७ एमएम र उचाइ १४८३ एमएम रहेको छ। यसको ह्विलबेस २९६० एमएम छ। यसको एक्सटेरियर डिजाइनमा टियरड्रप शेप हेडल्याम्प, एक्टिभ एयर इन्टेक, रुफ माउन्टेड लाइडर सेन्सर, सेमी हिडन डोर ह्यान्डल र स्पोर्टी रियर डिफ्यूजर समावेश गरिएको छ।
कारको इन्टेरियर ड्याशबोर्डमा ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर र हेड-अप डिस्प्ले उपलब्ध छ । साथै यसमा डिपाइलट ३०० अटोनोमस ड्राइभिङ असिस्टेड सिस्टम, इलेक्ट्रोम्याग्नेटिक सस्पेन्शन सिस्टम र फ्रन्ट प्यासेन्जर सिटका लागि जीरो ग्रेभिटी मोड जस्ता फिचर प्रदान गरेको छ ।
कम्पनीका अनुसार फर्मुला एस विभिन्न भेरियन्टमा उपलब्ध गराएको छ । स्ट्यान्डर्ड भर्सनमा ७६.७४४ किलोवाट आवर ब्याट्री प्याक दिइएको छ, जसले सिंगल रियर मोटरमा ३२९ एचपीको पावर र सिंगल चार्जमा ७२९ किलोमिटरको रेन्ज प्रदान गर्छ । त्यस्तै लङ रेन्ज भर्सनमा ९२.०९३ किलोवाट आवर क्षमताका एलएफपी ब्याट्री प्याक दिइएको छ, जसले ४०२ एचपीको पावर जेनेरेट गर्छ र भेरियन्टको आधारमा ८३० देखि ९०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। यसमा कम्पनीले फास्ट चार्जिङको सुविधा पनि दिइएको छ । सो ब्याट्रीलाई १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज गर्न करिब ९ मिनेट लाग्छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...