भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा

धनगढी – नेपालका लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले धनगढीमा नयाँ शोरुम विस्तार गरेको छ। भेस्पा, अप्रिलिया प्रति बढ्दै गएको युवापुस्ताको रुचि र ग्राहकवर्गको सहजतालाई मध्यनजर गर्दै धनगढीमा नयाँ शोरुम खोलिएको कम्पनीले जनाएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले युवापुस्ताको पहिलो रोजाइमा पर्ने स्कुटर भेस्पा, अप्रिलियालाई देशैभर सहज उपलब्ध गराउने कम्पनीको योजना अनुरुप धनगढीमा नयाँ शोरुम उद्घाटन गर्न पाउदा अत्यन्तै उत्साहित भएको बताए।

उक्त शोरुमबाट अबको दिनमा अन्य शोरुमबाट झैं सेवा, सुविधा प्रदान गरिने छ। कम्पनीले देशैभर शोरुम र आधिकारिक सर्भिस सेन्टरको सुविधा बढाउँदै आइरहेको छ।

धनगढी उपमहानगरपालिका ४ स्थित उक्त शोरुम वेस्टर्न म्याक नेपाल प्रालिबाट अब नाडामा हालसालै लञ्च भएको नेपालकै पहिलो १७५ सीसीको, एकदमै पावरफुल, स्टाइलिस र बेस्ट पर्फर्मेन्सको नयाँ अप्रिलिया एसआर १७५ र भेस्पाको अत्यन्तै आकर्षक लाइल्याक र ओरो गोल्डेनको दुई नयाँ कलर सहित आफ्नो चाहना अनुरुपको मोडल तथा कलरमा भेस्पा तथा अप्रिलिया स्कुटर खरिद गर्न सकिनेछ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...