पोखरामा सीएफमोटोको थ्रीएस आउटलेट शुभारम्भ : बिक्रीसँगै सेवा, स्पेयर पार्ट्स र प्राविधिक सहयोगमा थप सहजता

पोखरा - प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखरामा आफ्नो नयाँ थ्रीएस अर्थात सेल्स, सर्भिस र स्पेयर पार्ट्स आउटलेट, हिमालयन अटो नेक्सस प्रालि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

उक्त आउटलेटको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमको प्रमुख आतिथ्यता तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) का अध्यक्ष दीपेन्द्र कोइरालाको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रममा सीएफमोटो नेपालका प्रतिनिधि, डिलर/व्यावसायिक साझेदार, अटोमोबाइल क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी तथा मोटरसाइकलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नयाँ थ्रीएस आउटलेटमार्फत पोखरा तथा आसपासका क्षेत्रका ग्राहकहरूले सीएफमोटोका मोटरसाइकलहरूको बिक्री, आधिकारिक सर्भिस तथा स्पेयर पार्ट्स सेवा एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन्। यसले ग्राहकलाई खरिदपछिको सेवा अझ सहज, व्यवस्थित र भरपर्दो बनाउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ।

सीएफमोटो नेपालको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले देशभर आफ्नो बिक्री तथा सर्भिस नेटवर्क विस्तार गर्ने क्रममा पोखरामा थ्रीएस आउटलेट सञ्चालनमा ल्याएको हो। पोखरा गण्डकी प्रदेशको प्रमुख व्यावसायिक तथा पर्यटन केन्द्र हुनुका साथै प्रिमियम तथा एड्भेन्चर मोटरसाइकलको बढ्दो बजारका रूपमा समेत विकसित हुँदै गएकोले यस क्षेत्रमा सीएफमोटोको उपस्थितिलाई थप सुदृढ बनाउने उद्देश्यले नयाँ आउटलेट सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ।

पोखरा केवल गण्डकी प्रदेशको प्रमुख व्यावसायिक तथा पर्यटन केन्द्र मात्र नभई नेपालका हिमाली तथा उच्च पहाडी गन्तव्यतर्फ मोटरसाइकल यात्राका लागि महत्वपूर्ण प्रवेशद्वार समेत हो। यही परिवेशलाई ध्यानमा राख्दै पोखरामा नयाँ थ्रीएस आउटलेट सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य पोखरा हुँदै हिमाली तथा दुर्गम भूभागमा यात्रा गर्ने सीएफोटो राइडरहरूलाई आवश्यक बिक्रीपछिको सेवा, जेन्युइन स्पेयर पार्ट्स तथा प्राविधिक सहयोग सहज रूपमा उपलब्ध गराई उनीहरूको यात्रामा थप आत्मविश्वास र भरोसा प्रदान गर्नु रहेको छ।

सीएफमोटोका लोकप्रिय मोडलहरूमा २५० डुअल ईएफआई, ४५० एमटी, ४५० सीएल-सी, ४५० सीएल-सी बबर, ४५० एसआर–एस लगायतका मोटरसाइकलहरू रहेका छन्। विशेषगरी एड्भेन्चर तथा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा सीएफमोटोले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ।

नयाँ थ्रीएस आउटलेटबाट ग्राहकले टेस्ट राइड, नयाँ मोटरसाइकलको बिक्री, नियमित सर्भिसिङ, प्राविधिक जाँच, जेन्युइन स्पेयर पार्ट्स तथा आवश्यक आफ्टर सेल्स सपोर्ट प्राप्त गर्न सक्नेछन्।

उद्घाटन अवसरमा बोल्दै आयोजक पक्षले पोखरा तथा गण्डकी प्रदेशका ग्राहकलाई सीएफमोटोको अन्तर्राष्ट्रियस्तरको उत्पादनसँगै विश्वसनीय आफ्टर सेल्स सर्भिस र कस्टमर एक्सपेरियन्स उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

उदघाटनको दिन कम्पनीले ८ थान मोटरसाइकल ग्राहकलाई हस्तान्तरण समेत गरेको छ। उदघाटन समारोह विशेष अफर स्वरूप सीएफमोटो बाइक खरिद गर्दा ग्राहकले २० हजार रुपैयाँ सम्म नगद छुटको साथ फ्री हेल्मेट, ह्यान्डगार्ड,२५० डुअलमा ५ वर्षको इन्जिन वारेन्टी तथा फाइनान्स खरिद गर्दा न्युनतम ४० प्रतिशत भुक्तानी गरी बाइक लिन सक्ने व्यवस्था गरिएको छ।

सीएफमोटो नेपालले आगामी दिनमा पनि देशका प्रमुख शहरहरूमा आफ्नो सेल्स, सर्भिस र स्पेयर पार्ट्स नेटवर्कलाई थप विस्तार गर्दै ग्राहकको पहुँच र सेवा गुणस्तरलाई प्राथमिकतामा राख्ने जनाएको छ

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...