नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण...
काठमाडौं - गत भदौ १० गते विनाशकारी बाढीका कारण क्षति भएका सवारीसाधनका साथै अन्य सम्पत्तिको विवरण अनलाइनबाटै भर्न सकिने भएको छ । यसका लागि जिल्ला प्रहरी कार्यालय रसुवा, नुवाकोट र धादिङले अनलाइनबाटै फारम भर्न सकिने व्यवस्था गरेका छन् ।
रसुवा जिल्लामा आएको विनाशकारी बाढीको कारण क्षति पुगेको सवारी साधन र धन सम्पतिको सम्बन्धमा विवरण संकलन गरी कानुन बमोजिमका कार्यहरूको लागी विवरण यकिन गर्नु परेको र हालको मौसम र यातायातको असहजतालाई मध्यनजर गरी हाललाई अनलाइनबाटै विवरण संकलन गर्ने प्रयोजनको लागि बाढीबाट क्षति पुगेको सवारी साधन, घर, व्यावसाय, जग्गा तथा आयोजना÷ठेक्काहरूको विवरण क्यूआर कोड स्क्यान गरी विवरण दर्ता गराउन अनुरोध गरिएको छ ।
सडक अवरुद्ध भएको र प्रतिकूल मौसमका कारण नागरिकहरू प्रत्यक्ष रूपमा प्रहरी कार्यालयसम्म पुग्न कठिन भएकाले घरमै बसेर क्यूआर कोड स्क्यान गरी वा उपलब्ध गराइएको अनलाइन फारामको लिंकमार्फत विवरण भर्न सकिने व्यवस्था मिलाइएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाले बाढीबाट क्षति पुगेका सवारी साधन, घर, व्यवसाय, जग्गा-जमिन तथा विभिन्न विकास आयोजना एवं ठेक्कापट्टाको छुट्टाछुट्टै विवरण दर्ता गर्न दुईवटा गुगल फर्म जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाको सूचना अनुसार सवारी साधनको क्षतिका लागि यो लिंकमा गई विवरण पठाउन सकिनेछ । यस सम्बन्धमा कुनै थप जानकारीको लागि ९८५१२५४९६० र ९८५१२७६०९८ नम्बरमा सम्पर्क गर्न रसुवा प्रहरीले अनुरोध गरेको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङले पनि आवश्यक लिंक उपलब्ध गराएका छन् । नुवाकोटका बाढीपीडितले आफ्ना सवारी साधनको विवरण यो लिंकमा र धादिङका बाढीपीडितले यो लिंकमा विवरण उपलब्ध गराउन सक्ने छन् ।
थप विवरण वा सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारीको नम्बर ९८५१२८२३८० मा सम्पर्क राख्न आग्रह गरिएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारीको मोबाइल नम्बर ९८५१२२९८६० मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...