पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ - लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको छ । जोमसोम–कोरला नाका जोड्ने सडकखण्डको तीन स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कोरला नाका जाड्ने जोमसोम–कोरला राष्ट्रिय राजमार्गअन्तर्गत बारागुङ मुक्तिक्षेत्रको चैले गाउँभन्दा माथि कालोभीर, कागबेनीदेखि ताङ्वे सडक र उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीस्थित सेल्फीडाँडा सडकमा पहिरो खसेपछि सडक अवरुद्ध हुन पुगेको हो ।

प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार लोघेकर दामोदरकुण्ड–२ घमीस्थित सेल्फीडाँडाको अवरुद्ध सडकको पहिरो पन्छ्याइए पनि चैलेस्थित कालोभीर सडक र कागबेनी–ताङ्वे सडकमा पहिरोका कारण सडक अवरुद्ध छ ।

कागबेनी–ताङ्वे सडकमा पहिरो खसेपछि प्रहरीचौकी कागबेनीको टोली त्यसतर्फ प्रस्थान गरिसकेका प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे। पहिरोका कारण जोमसोम–कोरला सडक अवरुद्ध भएसँगै चीनसँग आयात निर्यातमा समस्या देखिएको छ ।

कोरलानाकातर्फ मालसमान ढुवानी गर्न गएका र ढुवानी गरी फर्किएका कन्टेनर पहिरोले अवरुद्ध भएको स्थानमा अलपत्र परेका छन् ।

यसैगरी, अविरल वर्षाका कारण वारागुङ मुक्तिक्षेत्र–१ स्थित कागबेनी–मुक्तिनाथ सडकको खिङ्गामा पहिरो खसेर सडक अवरुद्ध भए पनि त्यहा डोजर परिचालन गरी सडक सञ्चालन गरिएको त्यहाँका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए।

शुक्रबार रातिको अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्डको आधा दर्जन स्थानमा पहिरो खसेकाले सडक अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए। उनका अनुसार निरन्तर परेको वर्षाले बेनी–जोमसोम सडकको घाँसा बगर खोल्सामा सडक अवरुद्ध भइरहेको छ भने काभ्रेभीरमा सडक माथिबाट ढुङ्गा खस्ने क्रममा जारी रहेको छ । आयोजना प्रमुख शर्माका अनुसार म्याग्दीको सिरुवारी, तातोपानी, रूपसे र पोखरेबगरलगायत स्थानमा सडक माथि पहिरो खसेकाले सडक अवरुद्ध बनेको हो ।

वर्षाका कारण सडक अवरुद्ध भएपछि चीनबाट पैठारी गरिएका सयौँ विद्युतीय सवारीसाधन जोमसोममा रोकिएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङले सम्भावित विपद् जोखिमको संवेदनशीलाई मध्यनजर गर्दै दिउँसोका समयमा यातायातका साधन नचलाउन अनुरोध गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...