वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
काठमाडौँ – भारी वर्षाका कारण मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न...
काठमाडौं - नेपालका बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उबरले ‘राइड फर नेपाल’ अभियान सुरु गरेको छ। अभियान सेप्टेम्बर २१ देखि अक्टोबर २०, २०२६ सम्म सञ्चालन हुनेछ।
अभियानअन्तर्गत उबरले नेपाल रेडक्रस सोसाइटीलाई बाढी प्रभावित समुदायको सहयोगका लागि ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। उक्त रकम आपत्कालीन राहत सामग्री, अस्थायी आश्रय तथा पुनर्स्थापनासम्बन्धी कार्यमा प्रयोग गरिने कम्पनीले जनाएको छ।
त्यस्तै, अभियान अवधिभर उबर प्लेटफर्ममार्फत सम्पन्न हुने प्रत्येक उबर बाइक राइडबापत १० रुपैयाँ र प्रत्येक उबर क्याब राइडबापत २० रुपैयाँ कम्पनीले आफ्नै तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
यसअनुसार अभियान अवधिमा जति धेरै राइड सम्पन्न हुन्छन्, बाढी प्रभावित समुदायका लागि उबरले गर्ने कुल योगदान पनि सोहीअनुसार बढ्दै जानेछ।
कम्पनीका अनुसार अभियानमा सहभागी हुँदा यात्रुले तिर्ने भाडा वा चालकले प्राप्त गर्ने आम्दानीमा कुनै परिवर्तन हुनेछैन। यात्रुले नियमित भाडा नै तिर्नेछन् भने चालकले पनि सामान्य प्रक्रियाअनुसारकै रकम प्राप्त गर्नेछन्। प्रत्येक योग्य रूपमा सम्पन्न राइडबापतको रकम उबरले आफ्नै तर्फबाट अतिरिक्त रूपमा उपलब्ध गराउनेछ।
नेपालका लागि उबरको रणनीतिक साझेदार ट्याक्सीमाण्डुका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीले विपद्को समयमा यात्रु र चालकको सहभागिता महत्वपूर्ण हुने बताए।
उनले ‘राइड फर नेपाल’लाई विपद्का बेला सामूहिक रूपमा सहयोग गर्ने अवसरका रूपमा व्याख्या गर्दै यात्रुले बुक गर्ने राइड र चालकले पूरा गर्ने यात्रासँगै राहतका लागि उबरको योगदान बढ्दै जाने बताए।
त्यस्तै, उबर इन्डिया तथा दक्षिण एसियाका अन्तर्राष्ट्रिय बजार प्रमुख आकांक्षा सिंहले नेपालको राहत तथा पुनर्स्थापना प्रयासमा सामूहिक सहयोग आवश्यक रहेको बताइन्।
उबर आफूले सेवा प्रदान गर्ने समुदायको हिस्सा भएकाले आफ्नो जिम्मेवारी मोबिलिटी सेवा प्रदान गर्नेमात्र सीमित नरहेको उनको भनाइ छ। नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्य तथा आफ्नो प्लेटफर्म र स्रोतको प्रयोगमार्फत बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा योगदान गर्ने उद्देश्य रहेको उनले बताइन्।
उबरले सबै यात्रु तथा चालकलाई ‘राइड फर नेपाल’ अभियानमा सहभागी भएर बाढी प्रभावित समुदायको राहत तथा पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...