ट्रायम्फको ‘द ग्रेट फेस्टिभल गियर-अप २०८३’ अफर, बाइक किन्दा ज्याकेटदेखि हेलमेटसम्म

काठमाडौं - चाडपर्वलाई लक्षित गर्दै ट्रायम्फ मोटरसाइकल नेपालले ‘द ग्रेट फेस्टिभल गियर-अप २०८३’ योजना सार्वजनिक गरेको छ। दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ल्याइएको यो योजना असोज ४ गतेदेखि कात्तिक २९ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

यस योजनाअन्तर्गत नेपालभर रहेका ट्रायम्फका शोरुमबाट मोटरसाइकल खरिद गर्ने ग्राहकले विभिन्न सुविधा तथा उपहार प्राप्त गर्नेछन्। कम्पनीका अनुसार योजनामा ट्रायम्फ स्पीड टी४, ट्रायम्फ स्पीड ४००, ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्स र ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्ससी समावेश छन्।

अफरअन्तर्गत प्रत्येक मोटरसाइकलको खरिदमा सर्टिफाइड राइडिङ ज्याकेट, सर्टिफाइड हेलमेट र फाइल ब्याग उपलब्ध गराइनेछ। यस्तै, एचएफएलमार्फत मासिक ५ हजार ९७६ रुपैयाँबाट सुरु हुने न्यूनतम ईएमआई सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ। पुरानो मोटरसाइकल साटेर नयाँ ट्रायम्फ खरिद गर्न चाहने ग्राहकका लागि स्पट एक्सचेन्जको सुविधा पनि राखिएको छ।

एचएफएलसँगको फाइनान्स सहकार्यमा ग्राहकले आफ्नो आवश्यकता र क्षमताअनुसार डाउन पेमेन्ट तथा ऋण अवधि छनोट गर्न सक्ने कम्पनीको भनाइ छ। स्पट एक्सचेन्ज सुविधामार्फत पुरानो मोटरसाइकल भएका ग्राहकले नयाँ ट्रायम्फमा अपग्रेड गर्न सक्नेछन्।

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले दसैँ, तिहार र छठको अवसरमा ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले फेस्टिभल अफर ल्याइएको बताए। उनका अनुसार फाइनान्सिङ तथा अन्य सुविधाले चाडपर्वमा ट्रायम्फ मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई सहजता पुग्ने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार नेपालमा ट्रायम्फको नेटवर्क विस्तार हुँदै गएको छ। काठमाडौं उपत्यकासहित चितवन, बुटवल, पोखरा, इटहरी, हेटौँडा, धनगढी र दाङमा रहेका शोरुमबाट ग्राहकले यो योजना लिन सक्नेछन्। कम्पनीले देशभर ११ वटा शोरुममार्फत आफ्नो उपस्थिति विस्तार गरेको जनाएको छ।

इच्छुक ग्राहकले कात्तिक २९ गतेसम्म नजिकैको ट्रायम्फ शोरुममा पुगेर सम्बन्धित मोडलको अवलोकन गर्नुका साथै स्पट एक्सचेन्ज तथा एचएफएल फाइनान्ससम्बन्धी जानकारी लिन सक्नेछन्।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...