मारुतीको नयाँ वागनआर फेसलिफ्ट परीक्षणको क्रममा, नयाँ १.२ लिटर इन्जिन आउने सम्भावना
मारुती सुजुकीले ह्याचब्याक वागनआरको फेसलिफ्ट भर्सन ल्याउने तयारी...
काठमाडौं–सुजुकीले नेपाली बजारलाई लक्षित गर्दै चाडपर्व विशेष अफर सार्वजनिक गरेको छ । दसैं–तिहारको अवसरमा ग्राहकले सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा १ लाख रुपैयाँसम्मको नगद छुट वा एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले सार्वजनिक गरेको अफरअनुसार ग्राहकले आफ्नो रोजाइअनुसार १ लाख रुपैयाँसम्म क्यास डिस्काउन्ट वा एक्सचेन्ज बोनस मध्ये एक विकल्प छनोट गर्न सक्नेछन् । त्यस्तै, सवारी खरिदमा ० प्रतिशत ब्याजदर वा ३६ महिनासम्मको न्यून ईएमआईको सुविधा पनि उपलब्ध गराइएको छ ।
अफरअन्तर्गत ग्राहकले नागरिकता प्रमाणपत्र लिएर सुजुकीको नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यद्यपि, यी अफरहरू लागू हुने नियम तथा सर्तहरूमा आधारित हुनेछन् ।
सुजुकीले चाडपर्वको अवसरलाई लक्षित गर्दै ‘चाडपर्व, सुजुकीसँग अझै भव्य बनाऔँ’ भन्ने नारासहित यो योजना सार्वजनिक गरेको हो । कम्पनीले नयाँ राइडसँगै चाडपर्वको खुसीलाई थप विशेष बनाउने उद्देश्यले आकर्षक वित्तीय सुविधा तथा छुटको व्यवस्था गरेको जनाएको छ ।
नेपाली बजारमा सुजुककीका भी–स्ट्रोम २५०,एसएक्स, एक्सेस १२५, एभेनिस १२५, बर्गम्यान स्ट्रिट १२५ र जिक्सर १५५ लगायत मोडलका मोटरसाइकल तथा स्कुटर उपलब्ध छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...