१५ वर्षदेखि रुग्ण कमला पुलको निर्माण अन्तिम चरणमा
काठमाडौं – १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल...
काठमाडौं । नेपाल–चीन व्यापारका लागि वैकल्पिक मार्गको रुपमा प्रयोग हुन थालेको मुस्ताङको कोरला नाकामा भदौ महिनामा मात्र १ हजार २५३ ईभी भित्रिएका छन् । यो भन्दा पहिले साउनमा १०० ईभी मात्र सो नाकाबाट नेपाल भित्रिएका थिए ।
साउनमा भन्सार कार्यालयले १७ करोड ३४ लाख राजस्व संकलन गरेकोमा भदौमा १ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यस अनुसार समग्रमा ईभीमार्फत २ अर्ब ११ करोड ३१ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
दुई महिनामा सो नाकाबाट समग्रमा ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कोरला भन्सार कार्यालयका अनुसार साउनमा २६ करोड ३९ लाख रुपैयाँ र भदौमा २ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन भएको हो। कोरला नाकाबाट साउनमा ५७ वटा र भदौमा ६९७ वटा कन्टेनर भित्रिएका छन्। जसबाट ९६ करोड ६२ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
नेपाल–चीन व्यापारका लागि प्रयोग हुँदै आएको रसुवागढी र तातोपानी नाका बन्द हुँदा कोरला नाका मार्फत व्यापारिक गतिविधि बढ्दा ठूलो मात्रामा राजस्व संकलन भएको हो।
गत भदौ १० को बाढीले भन्सार कार्यालयसहित सडक पूर्वाधार बग्दा रसुवागढी नाका पूर्ण रुपमा अवरुद्ध छ भने चीनले तातोपानी नाका पनि अस्थायी रुपमा बन्द गरेको छ। यस्तोमा नेपाल–चीन स्थलगत व्यापार कोरला नाकाले थेगेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...