डिजेल गाडी स्क्र्याप गर्न अनुदान र सहुलियतपूर्ण ऋण, सार्वजनिक यातायातलाई पूर्ण ईभी बनाउने तयारी
काठमाडौँ – सरकारले सार्वजनिक यातायातलाई पूर्ण रूपमा विद्युतीय (ईभी) मा...
काठमाडौं – रसुवालाई सडक सञ्जालसँग जोड्न बेलीब्रिज प्रयोग गरिने भएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार भोटेकोशी बाढीका कारण रसुवा सडक सञ्जालबाट विच्छेद हुँदा आवतजावत र सामान ढुवानीमा ठूलो समस्यालाई मध्यनजर गरी यो प्रक्रिया अगाडि बढाइएको हो ।
मन्त्रालयका अनुसार रसुवालाई सडक सञ्जालसँग जोड्ने भरपर्दो र द्रुत वैकल्पिक मार्गका रूपमा नुवाकोटको सूर्यगढी गाउँपालिका–२ तल्लो कुवापानी बिमिरेखोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका ५ वहाखोलासम्म फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज जोड्ने प्रक्रिया अघि बढाइएको छ ।
सम्बन्धित पालिका अध्यक्षबाट आएको अनुरोधअनुसार बेलीब्रिज निर्माणका लागि मन्त्रालयबाट आवश्यक निर्देशन र सहजीकरण गरिएको मन्त्रालयले बताएको छ ।
बेलीब्रिज निर्माण सम्पन्न भएपछि नुवाकोट रसुवा जोड्ने सबैभन्दा छोटो वैकल्पिक मार्ग तयार हुनेछ। यसबाट फलाँखु खोलाबाट विदुर करिब २३ किलोमिटर र धुन्चे करिब ३५ किलोमिटरको दूरीमा पुग्न सकिनेछ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...