भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
काठमाडौं – भोटेकोशी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल...
स्याङ्जा । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालीगण्डकी नदीको रामनदी (राम्दी) मा निर्माण भएको ‘टाइड आर्च’ मोटरेबल पुल भारवहन क्षमता परीक्षणमा सुरक्षित देखिएको छ ।
पुल सेक्टर पोखराले गरेको परीक्षणका क्रममा पुलमा अधिकतम ३० मिलिमिटर मात्र लचकता देखिएको पुल सेक्टर पोखराका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार पुलको डिजाइन भारवहन क्षमता १४६ टन रहे पनि एकैपटक २४० टनसम्म भार बोकेका सवारीसाधन आवतजावत गराउँदा पनि पुल सुरक्षित देखिएको हो ।
परीक्षणका क्रममा दुई, चार र छ वटा गरी विभिन्न चरणमा लोड गरिएका ट्रक पुलमा राखेर भारवहन क्षमता परीक्षण गरिएको अधिकारीले बताए । तापक्रमका कारण पनि पुलको भारवहन क्षमतामा केही फरक पर्न सक्ने भए पनि हालको अवस्था र परीक्षणबाट प्राप्त परिणामका आधारमा पुल पूर्ण रूपमा सुरक्षित देखिएको उनको भनाइ छ ।
पुल सेक्टर पोखराले निर्माण गरेको यो कंक्रिट फिल स्टिल ट्युब आर्च ब्रिज हो । थाइल्यान्डका डिजाइनरले यसको डिजाइन गरेका हुन् । यस्तो प्रविधिका पुल चीन र दुबईलगायतका स्थानमा निर्माण भए पनि नेपालमा भने राम्दीमा पहिलोपटक निर्माण गरिएको हो ।
एक स्पानमा निर्माण भएको नयाँ पुल १२० मिटर लामो र ११ मिटर चौडा छ । यो पुल २०२८ सालमा निर्माण भएको पुरानो ट्रस पुलभन्दा २७ मिटर लामो रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...