भोटेकोशीको बाढीले टुट्यो ईभी आयातको लाइफलाइन
काठमाडौँ । गत भदौ १० गते आएको बाढीले रसुवाको रसुवागढी–केरुङ नाका...
काठमाडौं - नेपालमा ओमोडा र जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा र जेइकोका नयाँ गाडीहरू मुस्ताङस्थित कोरला नाका हुँदै सफलतापूर्वक डिस्प्याच गरिएको जनाएको छ। डिस्प्याच गरिएका गाडीहरू अब देशभरका ग्राहकसम्म पुग्ने क्रममा रहेका छन्।
हालै आएको विनाशकारी बाढीका कारण रसुवागढी नाकातर्फको सडक मार्गमा उत्पन्न अवरोधका कारण ग्राहकलाई गाडी उपलब्ध गराउने प्रक्रियामा ढिलाइ नहोस् भन्ने उद्देश्यले वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरिएको हो। यससँगै देशभर गाडीको आपूर्ति र डेलिभरी प्रक्रियालाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ तथा नाडा अटो शो २०२६ मा ओमोडा र जेइकोका गाडीप्रति देखिएको उल्लेखनीय ग्राहक आकर्षण तथा बुकिङपछि नयाँ गाडीहरू अहिले छिट्टै ग्राहकलाई डेलिभरीका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ। ओमोडा र जेइकोको उत्पादन पोर्टफोलियोमा आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि, प्रिमियम कम्फर्ट तथा उन्नत सुरक्षा प्रविधिको संयोजन रहेको छ। ओमोडा ई५ र ई५ प्रोमा १९१ एमएम ग्राउन्ड क्लियरेन्स, इलेक्ट्रिक सनरुफ, लेभल २.५ एडास, भेन्टिलेटेड, हिटेड तथा मसाज सिट र प्रिमियम इन्टेरियरजस्ता सुविधाहरू रहेका छन्।
त्यस्तै, जेइको जे५ र जे५ प्रोमा १८५ एमएम ग्राउन्ड क्लियरेन्स, पानोरामिक मुनरुफ, ४८० लिटरको बुट स्पेस, १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन तथा भेन्टिलेटेड सिटजस्ता सुविधा उपलब्ध छन्। यसैगरी, जेइको जे६टीले २२५ एमएमको सेग्मेन्टमै उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, पानोरामिक सनरुफ, ४३१ किलोमिटरसम्मको रेन्ज, ६५.६९ किलोवाट आवर ब्याट्री तथा १३५ किलोवाट मोटर प्रदान गर्दछ। यी विशेषताले जे६टीलाई शहरी यात्रादेखि साहसिक तथा लामो दूरीको ड्राइभिङसम्मका लागि उपयुक्त बनाउने कम्पनीको विश्वास छ।
देशभर वितरणका लागि गाडीहरू डिस्प्याच भइसकेसँगै यसअघि ओमोडा तथा जेइकोका गाडी बुकिङ गरेका ग्राहकहरूले छिट्टै आफ्नो गाडी प्राप्त गर्न सक्नेछन्। साथै, नयाँ ग्राहकहरूले नजिकको आधिकारिक ओमोडा तथा जेइको डिलरशिपमा पुगेर उपलब्ध मोडल, विशेषता तथा मूल्यबारे जानकारी लिनुका साथै आफ्नो रोजाइको गाडी बुकिङ गर्न सक्ने कम्पनीको भनाइ छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...