अमेरिकामा हाइब्रिड गाडीको बिक्रीमा तीव्र वृद्धि, कर छुट हटेपछि ईभी बजारमा धक्का

काठमाडौं–इन्धनको बढ्दो मूल्यका वावजुत अमेरिकी उपभोक्ताहरू विद्युतीय गाडी(ईभी) छाडेर हाइब्रिड गाडीतर्फ आकर्षित हुन थालेका छन् । विश्वका प्रमुख अटो बजार चीन र युरोपले परम्परागत गाडीहरूलाई पूर्ण रूपमा विद्युतीय गाडीले विस्थापित गरिरहेका बेला अमेरिकामा भने स्थिति फरक देखिएको हो ।

पछिल्लो समय लिज सम्झौता सकिएपछि ईभी धनीहरू पुनः पेट्रोल र हाइब्रिड गाडीतर्फ फर्किरहेको अध्ययनले देखाएको छ । एडमन्डले गरेको अध्ययनअनुसार यस वर्षको दोस्रो त्रैमासिकमा ईभी साटेका ग्राहकमध्ये १५.६ प्रतिशतले नयाँ हाइब्रिड र ४२.६ प्रतिशतले परम्परागत इन्धन गाडी रोजेका छन् भने ३४.६ प्रतिशतले मात्र नयाँ ईभी किनेका छन् ।

गत वर्षको सेप्टेम्बरमा ७ हजार ५०० डलरको संघिय कर छुट हटाएपछि अमेरिकी बजारमा ईभीको मूल्य र मासिक किस्ता उच्च हुन पुगेको छ । अहिले औसत ईभीको मासिक किस्ता ७०७ डलर पुगेको छ, जुन पेट्रोल वा हाइब्रिड गाडीभन्दा करिब १०० डलर बढी हो ।

अटो निर्माताहरूले हाइब्रिड गाडीको मूल्य सामान्य पेट्रोल गाडीको तुलनामा केही सय डलर मात्र बढी राखेकाले उपभोक्ताहरूका लागि यो सस्तो र आकर्षक विकल्प बनेको अध्ययनमा उल्लेख गरिएको छ । अध्ययन अनुसार यस वर्ष २२ प्रतिशत ग्राहकले हाइब्रिड कार किन्ने सोच बनाएका छन् भने ईभीतर्फ आकर्षित हुनेहरू १० प्रतिशतमा सीमित भएका छन् ।

उच्च मूल्य, ब्याट्री फेर्ने खर्च र घरमा सहज चार्जिङको अभावका कारण ईभी बजारले सोचेजस्तो गति लिन नसकेको बताइएको छ । आगामी दिनमा सस्ता ईभी र सार्वजनिक चार्जिङ पूर्वाधारको विस्तार नभएसम्म हाइब्रिड गाडीकै दबदबा रहने उक्त अध्ययनको ठहर छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...