नोभेम्बर २७ देखि गोवामा रोयल इन्फिल्ड मोटोभर्स २०२६ आयोजना हुने
रोयल इन्फिल्डको बहुप्रतीक्षित मोटरसाइकल महोत्सव मोटोभर्स २०२६ आगामी...
काठमाडौं–रोयल इनफिल्डले नयाँ हिमालयन ४४० लन्च गरेको छ । कम्पनीले हिमालयन ४४० को मूल्य २ लाख २९ हजार भारु निर्धारण गरेको छ। सो बाइक पहिलो हिमालयन बाइक भारतीय बजारमा आएको ठीक १० वर्षपछि लन्च गरेको हो। हिमालयन ४४० कम्पनीले हाल बिक्री गर्दै आइरहेको हिमालयन ४५० भन्दा किफायती विकल्पका रूपमा ल्याइएको हो । यसको बुकिङ सेप्टेम्बर ४, २०२६ देखि खुला गरिएको छ।
नयाँ हिमालयन ४४० मा पहिलो पुस्ताको हिमालयनको झल्को स्पष्ट रूपमा देखिन्छ। यद्यपि यसमा केही परिवर्न पनि गरिएको छ । कम्पनीले सुरुवाती उत्पादन युनिटहरूमा १० वर्षको वार्षिकोत्सव झल्काउने विशेष ब्याज दिएको छ।नयाँ हिमालयन ४४० मा सबैभन्दा महत्वपूर्ण परिवर्तन यसको इन्जिनमा गरिएको छ। यसमा ४४३ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कूल्ड, लङ्ग स्ट्रोक इन्जिन प्रयोग गरिएको छ। सो इन्जिनले २५.४ बीएचपी पावर र ३४ एनएम टर्क उत्पादन गर्छ। यसको इन्जिनलाई नयाँ ६ स्पिड गियरबक्ससँग जोडिएको छ।
हिमालयन ४४० को च्यासिस र सस्पेन्सन सेटअपलाई पनि एड्भेन्चर यात्रालाई ध्यानमा राखेर तयार गरिएको छ। यसमा हाफ डुप्लेक्स स्प्लिट क्र्याडल फ्रेमसँगै ४१ एमएमको टेलिस्कोपिक फ्रन्ट फोर्क दिइएको छ, जसमा २०० एमएमको सस्पेन्सन ट्राभल रहेको छ। यसको रियरमा १८० एमएमको ट्राभलसहित लिङ्क टाइप मोनोसक प्रयोग गरिएको छ। बाइकको फ्रन्टमा २१ इन्च र पछाडि १७ इन्चका स्पोक ह्विल प्रयोग गरिएको छ। साथै यसमा २२० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
यसमा एलईडी हेडलाइट, डिजिटल एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, ट्रिपर नेभिगेसन पोड र टाइप सी यूएसबी चार्जिङ पोर्ट जस्ता फिचर दिइएको छ । ब्रेकिङका लागि अगाडि टु पिस्टन क्यालिपरसहित ३०० एमएमको डिस्क ब्रेक र पछाडि २४० एमएमको डिस्क ब्रेक दिइएको छ। बाइकमा ड्युअल च्यानल एबीएस उपलब्ध छ भने आवश्यकता परेको अवस्थामा पछाडिको एबीएस बन्द गर्न सकिने सुविधा पनि दिइएको छ।
हिमालयन ४४० को तौल १९९ किलोग्राम रहेको छ भने यसको सिट उचाइ ८०० एमएम छ। मोटरसाइकलमा १५ लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ। लामो दूरीको यात्राका लागि यसमा प्यानियर, टप बक्स, टुरिङ सिट, ह्यान्डगार्ड र इन्जिन प्रोटेक्शन सामग्री पनि समावेश गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...