चीनमा दैनिक ३ नयाँ ईभी सार्वजनिक, ब्याट्रीको गुणस्तरमा समस्या आउने सीएटीएलको चेतावनी
काठमाडौं–चिनियाँ बजारमा तीव्र प्रतिस्पर्धा र छोटो समयमै नयाँ मोडलहरू...
काठमाडौं - नेपालमा ओमोडा तथा जेइकोका सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले विद्युतीय एसयूभी ‘जेइको जे५’ अब दुई भेरियन्टमा उपलब्ध गराएको छ ।
कम्पनीका अनुसार ‘जेइको जे५’ प्रोको अफर मूल्य ४७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, ‘जेइको जे५’ को मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
‘जेइको जे५’ प्रोमा ५०.७ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । यसले एनईडीसी मापदण्डअनुसार ४०५ किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ । प्रिमियम इलेक्ट्रिक एसयूभी चाहने तथा आकर्षक मूल्य र रेन्जको सन्तुलन खोज्ने ग्राहकका लागि यो एक उत्कृष्ट विकल्प बन्न सक्छ ।
त्यस्तै, ‘जेइको जे५’ मा ५८.९ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । यसले एनईडीसी मापदण्डअनुसार ४६१ किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ ।
दुवै भेरियन्टमा १८५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । साथै, प्यानोरामिक मुनरुफ, स्पेयर टायर, ४८० लिटर क्षमताको बुट स्पेस र लेभल–२ एडास जस्ता सुविधा उपलब्ध छन् ।
दुवै मोडलले २८८ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । ‘जेइको जे५’ प्रोमा ब्याट्री क्षमता र रेन्ज तुलनात्मक रूपमा कम भए पनि ‘जेइको जे५’ मा उपलब्ध धेरैजसो मुख्य सुविधा यसमा पनि राखिएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार ‘जेइको जे५’ मा ५८.९ किलोवाट आवरको ठूलो ब्याट्री रहेकाले लामो दूरीको यात्रालाई प्राथमिकता दिने ग्राहकका लागि यो उपयुक्त विकल्प हुनेछ । यसको एनईडीसी रेन्ज ४६१ किलोमिटर रहेको छ ।
त्यस्तै, ‘जेइको जे५’ प्रो कम मूल्यमा उपलब्ध गराइएको भेरियन्ट हो । यसमा ५०.७ किलोवाट आवरको ब्याट्री र ४०५ किलोमिटरको एनईडीसी रेन्ज रहेको छ । जेइको जे५ प्रोले ग्राहकलाई उत्कृष्ट श्रेणीका सुविधाहरूमा सम्झौता नगरी आफ्नो आवश्यकता, बजेट र ड्राइभिङ रेन्जको प्राथमिकताअनुसार थप विकल्प छनोट गर्ने अवसर प्रदान गर्नेछ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...