एमजी एस५ ईभी : बेलायतको सबैभन्दा भरपर्दो सानो पारिवारिक इलेक्ट्रिक एसयूभी घोषित
बेलायतमा गरिएको सन् २०२६ को विश्वसनीयता सर्वेक्षणमा एमजी एस५ ईभी सबैभन्दा...
काठमाडौं–नर्वेको कार बजार इतिहासमै पहिलोपटक पूर्ण रूपमा विद्युतीय बन्ने दिशामा सबैभन्दा नजिक पुगेको छ ।
नर्वेजियन रोड ट्राफिक इन्फर्मेसन काउन्सिलले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गत अगस्ट महिनामा दर्ता भएका नयाँ कारमध्ये ९८.७ प्रतिशत विद्युतीय सवारी साधन रहेका छन्, जुन अहिलेसम्मकै नयाँ रेकर्ड हो ।
अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल कार बिक्रीमा केही गिरावट आए पनि विद्युतीय गाडीको हिस्सा भने उल्लेख्य रूपमा बढेको छ ।
अगस्ट महिनामा नर्वेमा कुल १३ हजार ४५१ युनिट नयाँ कार दर्ता भएका थिए, जसमध्ये अधिकांश विद्युतीय थिए । सोही अवधिमा परम्परागत इन्धनबाट चल्ने पेट्रोल कार भने मात्र ३० युनिट बिक्री भएका छन् ।
त्यस्तै ३१ युनिट हाइब्रिड र ४५ युनिट प्लग–इन हाइब्रिड गाडी बिक्री भएका छन् भने डिजेल गाडीको संख्या ६४ रहेको छ । यस तथ्याङ्कले नर्वेमा पेट्रोल तथा डिजेल गाडीको माग लगभग शून्यको स्थितिमा पुगेको देखाउँछ ।
सवारी निर्माता कम्पनीहरूको प्रतिस्पर्धामा अगस्ट महिनामा फक्सवागन पहिलो स्थानमा रहन सफल भएको छ । फक्सवागनले १ हजार ४५७ युनिट गाडी बिक्री गर्दै कुल बजारको १०.८ प्रतिशत हिस्सा ओगटेको छ ।
त्यसैगरी दोस्रो स्थानमा टोयोटा रहेको छ, जसले १ हजार ३२८ युनिट गाडी बिक्री गरेर ९.९ प्रतिशत बजार ओगटेको छ । वर्षभरिको समग्र बिक्रीमा अझै पनि टेस्ला अगाडि रहेतापनि अगस्ट महिनामा भने टेस्ला सातौँ स्थानमा झरेको छ । अगस्टमा टेस्लाले ६२७ युनिट मात्र कार बिक्री गर्न सक्यो ।
गाडीका मोडलहरूको कुरा गर्दा फक्सवागनको ‘आईडी.४’ नर्वेमा सबैभन्दा बढी बिक्री हुने मोडल बनेको छ । दोस्रो स्थानमा टोयोटाको ‘बीजेड४एक्स’ र तेस्रो स्थानमा बीएमडब्ल्यूको ‘आईएक्स३’ रहेका छन् ।
यसैबीच नर्वेको बजारमा चिनियाँ ईभी ब्रान्डहरू एक्सपेङ र बीवाईडीको उपस्थिति पनि तीव्र रूपमा बढिरहेको छ । चिनियाँ ब्रान्डहरूले आफ्नो बजार हिस्सा बढाएर ११.४ प्रतिशत पु¥याएका छन् ।
नर्वेले आफ्ना नागरिकहरूलाई पेट्रोलियम पदार्थका गाडीबाट विद्युतीय गाडीतर्फ आकर्षित गर्न लामो समयदेखि कर छुट र विभिन्न प्रोत्साहन सुविधाहरू दिँदै आएको छ । सरकारी नीतिकै कारण अहिले व्यक्तिगत सवारी साधन मात्र नभई व्यापारिक काममा प्रयोग हुने भ्यानहरूमै पनि विद्युतीय भ्यानको हिस्सा ५३ प्रतिशतभन्दा बढी पुगिसकेको छ ।
नयाँ कारको बजार लगभग पूरै विद्युतीय भइसकेकाले अब वातावरणमा हुने उत्सर्जन घटाउन पुराना पेट्रोल र डिजेल गाडीहरूलाई विस्थापित गर्नेतर्फ नर्वेको ध्यान केन्द्रित भएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...