जेइको जे५ अब दुई भेरियन्टमा, मूल्य ४७ लाख ९९ हजार देखि
काठमाडौं – नेपालमा ओमोडा तथा जेइकोका सवारीसाधनको आधिकारिक वितरक एसपीजी...
काठमाडौँ– लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले आफ्नो विद्युतीय एसयूभी लिपमोटर बी१० को आयातका लागि वैकल्पिक मार्ग रोज्दै मुस्ताङको कोरला नाका प्रयोग गर्न थालेको छ ।
रसुवा क्षेत्रमा आएको बाढीका कारण मुख्य नाका अवरुद्ध भएपछि ग्राहकलाई समयमै गाडी उपलब्ध गराउन कम्पनीले यो निर्णय लिएको हो ।
हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा उत्साहजनक बुकिङ पाएको लिपमोटर बी१० को भन्सार जाँचपास तथा ढुवानी प्रक्रियालाई तीव्र बनाइएकाले अब छिट्टै बुकिङकर्ताहरूलाई गाडी डेलिभरी गर्न सुरु गरिने सांग्रिला मोटर्सले जनाएको छ ।
बजेट भाषणपछि ५४ लाख ९९ हजार मूल्य कायम भएको यस एसयूभीमा १६० किलोवाटको रियर ह्विल ड्राइभ मोटर र ६७.१ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले एकपटकको फुल चार्जमा ६०० किमीसम्मको रेन्ज दिने दाबी गरिएको छ ।
१८० मिमी ग्राउन्ड क्लियरेन्स रहेको यस एसयूभीमा १४.६ इन्चको २.५के एचडी इन्फोटेनमेन्ट स्क्रिन, ३६०–डिग्री क्यामेरा, भेन्टिलेटेड सिट र प्यानोरामिक सनरूफ जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...