बेस्ट स्टल अवार्ड प्राप्त गरेको यामाहाको नाडामा ४२८ युनिट यामाहा एक्सएसआर १५५ बुकिङ

काठमाडौँ – नेपालमा यामाहा दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले बहुप्रतीक्षित यामाहा एक्सएसआर १५५ लाई १८औँ नाडा अटो शो – गोल्डेन जुब्ली संस्करण २०२६ मा औपचारिक रूपमा अनावरण गरेको छ । “बर्न टु स्ट्यान्ड अपार्ट“ भन्ने अभियान सन्देश र “बिल्ट अन लेगेसी, ड्रिभन बाइ पर्फर्मेन्स“ भन्ने उत्पादन दर्शनका साथ सार्वजनिक गरिएको एक्सएसआर १५५ ले मेलामा दर्शक तथा मोटरसाइकलप्रेमीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । छ दिनसम्म चलेको नाडा अटो शो अवधिमा एक्सएसआर १५५ का ४२८ युनिट बुकिङ भएको कम्पनीले बताएको छ ।

यामाहाले नाडा २०२६ मा ‘बेस्ट स्टल अवार्ड’ समेत जितेको छ । नवीन अवधारणा, आकर्षक प्रस्तुति र आगन्तुकलाई प्रदान गरिएको उत्कृष्ट अनुभवका लागि यामाहाको स्टललाई यो सम्मान प्रदान गरिएको हो । यामाहाको स्टलमा एक्सएसआर १५५ को विशिष्ट रेट्रो–आधुनिक डिजाइनलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो । क्लासिक टियरड्रप फ्युल ट्याङ्क, गोलाकार एलईडी हेडलाइट, आकर्षक डिजाइन र सडकमा छुट्टै पहिचान बनाउने उपस्थितिले आगन्तुकको ध्यान खिचेको थियो । हजारौँ मोटरसाइकलप्रेमीले मेलाकै क्रममा एक्सएसआर १५५ लाई नजिकबाट हेर्ने र प्रत्यक्ष अनुभव गर्ने अवसर पाए ।

मोटरसाइकल सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै एमएडब्लु ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक श्री विष्णु कुमार अग्रवालले पुस्तौँदेखि यामाहाले राइडरहरूसँग कायम राख्दै आएको भावनात्मक सम्बन्धबारे चर्चा गरेका थिए । सो अवसरमा उनले यामाहाको विश्वव्यापी फास्टर सन्स दर्शनबारे पनि जानकारी गराए । उनका अनुसार फास्टर सन्स यामाहाको विगतको गौरव र भविष्यको सम्भावनालाई जोड्ने दर्शन हो । प्रतिष्ठित पुराना मोटरसाइकलहरूबाट प्रेरणा लिँदै आधुनिक पुस्ताका राइडरका आवश्यकता र अपेक्षालाई ध्यानमा राखेर नयाँ पुस्ताका मोटरसाइकल विकास गर्नु यसको मूल अवधारणा हो । एक्सएसआर १५५ ले नेपालको उत्साही राइडिङ समुदायसँग बलियो भावनात्मक सम्बन्ध स्थापित गर्ने विश्वास पनि उनले व्यक्त गरे ।

एक्सएसआर १५५ प्रति देखिएको उत्साहलाई कार्यक्रममा गरिएको विशेष प्रि–बुकिङले थप पुष्टि गरेको छ । प्रि–बुकिङमार्फत प्रारम्भिक खरिदकर्ताले नेपालमा एक्सएसआर १५५ का पहिलो चरणका ग्राहक बन्ने अवसर प्राप्त गरेका थिए ।

आफ्नो विशिष्ट डिजाइन, विरासतबाट प्रेरित शैली र आधुनिक विशेषताका कारण एक्सएसआर १५५ आफ्नो मोटरसाइकलमार्फत आफ्नो व्यक्तित्व र व्यक्तिगत शैली झल्काउन चाहने राइडरका लागि एउटा विशिष्ट रोजाइका रूपमा प्रस्तुत भएको कम्पनीको भनाइ छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...