चीनले विकास ग-याे घामबाटै चार्ज हुने पेरोभस्काइट सनरुफ, दैनिक ८० किलोमिटरसम्म रेन्ज दिने

चीनको अटोमोबाइल निर्माता कम्पनी एफएडब्ल्यू हङसीले इलेक्ट्रिक सवारी साधनको चार्जिङ प्रविधिमा नयाँ प्रयोग गर्दै पेरोभस्काइट फोटोभोल्टिक प्रविधिमा आधारित साेलार सनरुफको प्रोटोटाइप सार्वजनिक गरेको छ। यो प्रविधिले इलेक्ट्रिक कारको छतलाई नै पावर जेनेरेटरमा रुपान्तरण गर्छ। कम्पनीले हाल आफ्नो हङसी ईएचएस७ इलेक्ट्रिक एसयूभीको छतमा फुल साइज सोलार सनरुफ जडान गरेर यसको परीक्षण गरिरहेको छ।

रिपोर्टका अनुसार पर्याप्त सूर्यको प्रकाश उपलब्ध भएको अवस्थामा सो सौर्य सनरुफले अधिकतम ३०० वाटसम्म विद्युत् उत्पादन गर्न सक्छ। कम्पनीले सो सिस्टमबाट वर्षभरिमा करिब ४०० किलोवाट आवर विद्युत् उत्पादन हुने अनुमान गरेको छ। यसरी उत्पादन भएको विद्युतले कारको ब्याट्री चार्ज गर्नुका साथै कारको एयर कन्डिसनर, मिनी फ्रिज र कारको सेक्युरिटी र मनिटरिङ सिस्टम सञ्चालन गर्न पनि सकिनेछ।

पेरोभस्काइटबाट बनेका सौर्य प्यानल भने निकै पातला र लचिला हुने भएकाले घुमाउरो ग्लास र कारको विभिन्न सतहमा तुलनात्मक रूपमा सहज रूपमा प्रयोग गर्न सकिन्छ। हङसीले भविष्यमा सो प्रविधिलाई कारको बोनट तथा अन्य बडी प्यानलमा समेत विस्तार गर्ने योजना बनाएको छ।

कम्पनीको दाबीअनुसार, यदि सो सौर्य प्रविधिलाई कारको ठुलो हिस्सामा प्रयोग गर्न सकियो भने एक दिनमा करिब १० किलोवाट–आवरसम्म विद्युत् उत्पादन गर्न सकिनेछ। त्यसबाट इलेक्ट्रिक कारले दैनिक रूपमा करिब ८० किलोमिटरसम्म अतिरिक्त ड्राइभिङ रेन्ज प्राप्त गर्न सक्ने अनुमान गरिएको छ।

हाल हङसीको साेलार सनरुफ प्रविधि परीक्षण चरणमा रहेको छ। कम्पनीले यसको ठुलो मात्रामा उत्पादन र व्यावसायिक प्रयोगका लागि निश्चित मिति सार्वजनिक गरेको छैन। तर सो प्रविधि सफल भएर व्यावसायिक रूपमा उपलब्ध हुन सकेमा भविष्यका इलेक्ट्रिक कारले विद्युत् उत्पादन गरी अतिरिक्त ड्राइभिङ रेन्ज प्राप्त गर्ने सम्भावना रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...