पौडेल इन्टरप्राइजेजको ‘व्यावसायिक उत्कृष्टता तथा साझेदार भेटघाट २०२६’ सम्पन्न

काठमाडौं - अटोमोबाइल तथा अटोमोबाइल स्पेयर पार्ट्सको कारोबार गर्दै आएको पौडेल इन्टरप्राइजेज प्रालिले १२ भदौ २०८३ मा आयोजना गरेको ‘Business Excellence & Partners’ Meet 2026’ कार्यक्रम सम्पन्न भएको छ।

ललितपुरको द प्लाजामा मा आयोजित कार्यक्रममा काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका गरी दुईपाङ्ग्रे क्षेत्रका २२० जना तथा चारपाङ्ग्रे र व्यावसायिक सवारीसाधन क्षेत्रका ३५ जना डिलर तथा खुद्रा विक्रेताको सहभागिता रहेको थियो।

कार्यक्रममा पौडेल इन्टरप्राइजेजले नेपालमा आयात तथा वितरण गर्दै आएका १५ वटा ब्रान्डका विभिन्न उत्पादनहरूको प्रदर्शनी गरिएको थियो। सहभागी डिलर तथा खुद्रा विक्रेतालाई सम्बन्धित ब्रान्डका उत्पादन, विशेषता तथा बजारमा उपलब्ध उत्पादनबारे जानकारी दिइएको थियो।

कार्यक्रममा विभिन्न ब्रान्डअन्तर्गत उत्कृष्ट बिक्री गर्ने १४ जना डिलर तथा खुद्रा विक्रेतालाई सम्मान तथा विशेष उपहार प्रदान गरिएको थियो। उत्कृष्ट बिक्री प्रदर्शन गर्ने व्यवसायिक साझेदारलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको कम्पनीले जनाएको छ।

गुणस्तरीय उत्पादन नेपालमै उत्पादनको सम्भावनाबारे जोड

कार्यक्रममा पौडेल इन्टरप्राइजेजका प्रबन्ध निर्देशकले कम्पनीले आगामी दिनमा पनि गुणस्तरीय उत्पादनको आयात, बिक्री तथा वितरणलाई प्राथमिकतामा राख्ने बताएका थिए। नेपाली बजारमा ग्राहकको विश्वास कायम राख्न गुणस्तर, विश्वसनीयता र सेवामा निरन्तर ध्यान दिँदै जाने उनले बताए।

उनले नेपालमा सरकारको सहयोगी तथा स्थिर औद्योगिक र व्यावसायिक नीति कायम भएमा भविष्यमा केही बहुराष्ट्रिय कम्पनीहरूले नेपालमै उत्पादन सुरु गर्न सक्ने सम्भावना रहेको समेत बताए। स्थिर नीति, लगानीमैत्री वातावरण र आवश्यक पूर्वाधारको विकास हुन सकेमा नेपालमा उत्पादन तथा रोजगारीका नयाँ अवसर सिर्जना गर्न सकिने उनको भनाइ थियो।

रसुवा बाढीप्रति दुःख व्यक्त, सहयोगका लागि आह्वान

कार्यक्रममा पछिल्लो समय रसुवामा आएको बाढी तथा त्यसबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरिएको थियो।

प्रबन्ध निर्देशकले विपद्को यस कठिन समयमा प्रभावित नागरिकलाई सहयोग गर्न सबैलाई आफ्नो क्षमता र स्रोतअनुसार सहयोग तथा योगदानका लागि एकजुट हुन आग्रह गरेका थिए। विपद्को समयमा निजी क्षेत्र, व्यवसायी तथा आम नागरिकले समेत मानवीय सहयोगमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।

कार्यक्रममा पौडेल इन्टरप्राइजेज प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेल, निर्देशक आयुष्मा बान पौडेल र निर्देशक राजीव पौडेल लगायत कम्पनीका प्रतिनिधि तथा बिक्री टोलीका सदस्यहरूको उपस्थिति थियो। अध्यक्षकी आमा सावित्री पौडेल, छविलाल पौडेल लगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो। त्यस्तै, विभिन्न आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...