म्याक्सस नेपालद्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग घोषणा

काठमाडौं – हिमालय अर्गनाइजेसन अन्तर्गत म्याक्सस नेपाल र एसएआईसी म्याक्सस अटोमोटिभ कम्पनी लिमिटेड चाइनासँगको समन्वयमा, भाद्र १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारसँग ऐक्यबद्धता जनाउँदै कुल ७० लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

उक्त घोषित रकम मध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने योजना रहेको छ, जसले नेपाल सरकारमार्फत सञ्चालन हुने राहत, उद्धार, पुनस्र्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग पुर्यायउनेछ भने बाँकी २० लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री खरिद गरी बाढी प्रकोप क्षेत्रमा सामाजिक संस्था तथा त्यस स्थानका स्थानीय सरकारको समन्वयमा वितरण गर्ने योजना रहेको छ। उक्त राहत सामग्रीहरु विपदबाट सबैभन्दा बढी प्रभावित तथा तत्काल सहयोगको आवश्यकता रहेका क्षेत्रहरू पहिचान गरी वितरण गरिनेछ।

यस किसिमको प्रत्यक्ष राहत वितरणका लागि म्याक्सस नेपालले सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय गरी प्राथमिकतामा रहेका क्षेत्र तथा वस्तुहरूको पहिचान गरी उपलब्ध गराउनेछ भने राहत सामग्रीको प्रकृति, वितरण क्षेत्र, वितरण प्रक्रिया तथा कार्यान्वयनको समयतालिका हाल सम्बन्धित पक्षहरूसँग छलफल तथा समन्वयको प्रक्रियामा रहेको बताएको छ ।

त्यसैगरी, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम हस्तान्तरण गर्ने मिति तथा राहत सामग्री वितरणसम्बन्धी विस्तृत जानकारी आवश्यक समन्वय तथा तयारी पूरा भएपछि छुट्टै सार्वजनिक गरिनेछ।

यो पहल म्याक्सस नेपाल र एसएआईसी म्याक्ससको नेपाल र नेपाली जनताप्रतिको दीर्घकालीन प्रतिबद्धताको प्रतीक हो। कम्पनीले भनेको छ – हाम्रो सम्बन्ध केवल व्यावसायिक सहकार्यमा सीमित नभई कठिन परिस्थितिमा देश र समुदायसँग उभिने सामाजिक उत्तरदायित्वमा समेत आधारित रहेको छ।

म्याक्सस नेपालले घोषित सहयोग जिम्मेवार, पारदर्शी तथा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जारी राहत तथा पुनस्र्थापना प्रयासमा अर्थपूर्ण योगदान पुर्यागउन प्रतिबद्ध भएको बताएको छ । कम्पनीले भनेको छ – हामी विपद्बाट प्रभावित परिवारहरूप्रति पुनः हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित क्षेत्रहरूको सुरक्षित र शीघ्र पुनस्र्थापनाको कामना गर्दछौं।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...