होन्डा र टीभीएसलाई सिधा चुनौती, पियाजियोले भेस्पा भन्दा सस्तो स्कुटर ल्याउने
काठमाडौँ–इटालीको प्रसिद्ध सवारी साधन निर्माता कम्पनी पियाजियोले भारतीय...
काठमाडौं - नेपालमाअप्रिलिया र भेस्पाका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष ‘द स्कुटरिङ एक्स्ट्राभ्यागान्जा’ योजना सार्वजनिक गरेको छ ।
नाडा अटो शो २०२६ को स्टल नम्बर एल, हल नम्बर ११ मा उपलब्ध यस योजनाअन्तर्गत नाडा अटो शो अवधिभर अप्रिलिया वा भेस्पा खरिद वा बुकिङ गर्ने ग्राहकले २८ हजार ५ सय रुपैयाँसम्मको विशेष लाभ प्राप्त गर्नेछन् । यसअन्तर्गत खरिद गर्ने ग्राहकले विशेष अप्रिलिया तथा भेस्पा हेल्मेट ब्यागसमेत प्राप्त गर्नेछन् । यो योजना नगद, फाइनान्स तथा एक्सचेन्जमार्फत खरिद गर्ने ग्राहकका लागि लागू हुने कम्पनीले जनाएको छ ।
यस वर्ष अप्रिलियाले नाडा अटो शोमा आफ्नो उपस्थिति अझ विशेष बनाउँदै इटालियन क्याफे–इन्स्पायर्ड थिममा स्टल तयार गरेको छ । स्टलको डिजाइनमार्फत अप्रिलियाको प्रतिष्ठित इटालियन डिजाइन, जीवनशैली र प्रिमियम अनुभवलाई प्रस्तुत गरिएको छ ।
प्रदर्शनीको मुख्य आकर्षणका रूपमा नयाँ भेस्पा एसएक्स १२५ जेट, सिल्भर रङमा अप्रिलिया १२५ र ग्रे रङमा अप्रिलिया एसआर १२५ प्रस्तुत गरिएको छ । साथै, भेस्पाका अन्य मोडलहरू स्टर्म १२५ र एसआर १६० तथा अप्रिलियाका अन्य रङका एसआर १२५, अप्रिलिया १२५ र अप्रिलिया एसआर १२५ पनि प्रदर्शनीमा राखिएका छन् ।
यस अवसरमा डेल्टा अटोकर्प प्रालिका निर्देशक ७ सीईओ विजय के. महतोले नाडा अटो शो २०२६ मा अप्रिलिया र भेस्पाका नयाँ मोडल नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताए । 'नाडा अटो शो २०२६ मा अप्रिलिया र भेस्पाका नयाँ मोडल नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा हामी खुसी छौँ । नयाँ भेस्पा एसएक्स १२५ जेट तथा सिल्भर अप्रिलिया १२५ र ग्रे अप्रिलिया एसआर १२५ ले ग्राहकलाई नयाँ विकल्प र उत्कृष्ट अनुभव दिनेछ । साथै, अप्रिलियाको क्याफे–थिम्ड स्टल र ‘द स्कुटरिङ एक्स्ट्राभ्यागान्जा’ ले नाडा अटो शोको अनुभवलाई अझ विशेष बनाउने हाम्रो विश्वास छ,' उनले भने ।
अप्रिलिया र भेस्पाका नवीनतम मोडल तथा विशेष अफरका लागि नाडा अटो शो २०२६ को स्टल नम्बर एल, हल नम्बर ११ मा भ्रमण गर्न सकिने कम्पनीले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...