बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भ, ई.मास ५ सार्वजनिक

बीरगञ्ज–प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले मधेश प्रदेशको प्रमुख व्यापारिक सहर बीरगञ्जमा आफ्नो नयाँ आधिकारिक सोरुम शुभारम्भ गर्दै ‘द अल–न्यू प्रोटोन ई.मास ५’ सार्वजनिक गरेको छ । यससँगै नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या ११ पुगेको छ ।

नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको ई.मास ५ ले सहरी जीवनशैली तथा दैनिक यात्रालाई थप सहज, स्मार्ट र आधुनिक बनाउने लक्ष्य बोकेको छ । बजार विस्तारलाई निरन्तरता दिँदै आगामी दिनमा पूर्वी नेपालको बिर्तामोडमा दशैंअघि नयाँ सोरुम सञ्चालनमा ल्याउने तयारी गरिएको छ, जसपछि सोरुमको संख्या १२ पुग्नेछ ।

मेलेसियामा विभिन्न प्रतिष्ठित अवार्ड जित्न सफल यो गाडी अत्याधुनिक प्रविधि र स्मार्ट फिचरसहित तयार पारिएको छ । यसमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, ७० लिटरको फ्रन्ट फ्रङ्क, ३७५ लिटरसम्म विस्तार गर्न सकिने लगेज स्पेस र ३२ वटा स्टोरेज कम्पार्टमेन्ट रहेका छन् ।

सोरुम उद्घाटन तथा सार्वजनिककरण समारोहमा बीरगञ्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम, व्यवसायिक साझेदार तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले आधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा र व्यावहारिक उपयोगिताका कारण इ.मास ५ ग्राहकहरूको पहिलो रोजाइ बन्ने विश्वास व्यक्त गरे ।

ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । कम्पनीले प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य ३२.९९ लाख र प्रिमियम भेरियन्टको मूल्य ३६.९९ लाख निर्धारण गरेको छ । अब ग्राहकहरूले बीरगञ्ज बाइपास रोडस्थित सोरुममा पुगेर ई.मास ५ तथा ई.मास ७ को प्रत्यक्ष अवलोकन र टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...