अझ ठूलो र नयाँ डिजाइनमा आउँदै हुन्डाई टक्सन, नयाँ जेनेरेसन लन्च हुँदै
काठमाडौँ–हुन्डाईले आफ्नो चर्चित एसयूभी टक्सनको नयाँ पुस्तासार्वजनिक...
काठमाडौं–हुन्डाई मोटर समूहको विलासी ब्रान्ड जेनेसिसले आफ्नो नयाँ र सर्वाधिक सुविधा सम्पन्न विद्युतीय एसयूभी जेनेसिस जीभी९० सार्वजनिक गरेको छ ।
कम्पनीले यसलाई रोल्स रोयस, मर्सिडिज–मायबाक र रेन्ज रोभर जस्ता विश्वप्रसिद्ध ब्रान्डका विलासी गाडीहरूसँग प्रतिस्पर्धा गर्ने गरी बजारमा ल्याएको हो । सन् २०२४ मा प्रदर्शित ‘नियोलुन कन्सेप्ट’ मा आधारित भएर निर्माण गरिएको यो गाडीमा बिना ‘बी–पिलर’ दुवैतर्फबाट खुल्ने विशेष कोच डोरहरू प्रयोग गरिएका छन् ।
यो गाडीमा हुन्डाई मोटर ग्रुपकै अहिलेसम्मकै ठूलो १२३.५ किलोवाट आवरको ब्याट्री राखिएको छ, जसले एक पटकको पूर्ण चार्जमा करिब ५०० किलोमिटरको रेन्ज दिने अनुमान गरिएको छ । यसमा जडान गरिएको दुईवटा इलेक्ट्रिक मोटरले ४९० किलोवाट शक्ति र ८०० न्यूटन मिटर टर्क पैदा गर्दछ । ३५० किलोवाटको फास्ट चार्जर प्रयोग गर्दा यसको ब्याट्री १० देखि ८० प्रतिशतसम्म मात्र २२ मिनेटमा चार्ज हुन सक्छ ।
सुरक्षा र प्रविधिको हिसाबले यो गाडीमा विश्वमै पहिलोपटक ‘रूफ एयरब्याग’ को प्रयोग गरिएको छ, जसले गाडी पल्टिँदा छतको सिसाबाट यात्रुलाई हुन सक्ने क्षतिबाट जोगाउँछ । यसका साथै गाडीभित्र २३.६ इन्चको ओएलईडी सिनेमाटिक डिस्प्ले, २५ वटा स्पिकरयुक्त ब्याङ एण्ड ओलुफसेन ३डी साउन्ड सिस्टम र १८० डिग्रीसम्म घुम्न सक्ने अघिल्ला सिटहरू राखिएका छन् ।
हुन्डाई इन्डियाले जेनेसिस ब्रान्डलाई सन् २०२७ सम्ममा भारतीय बजारमा आधिकारिक रूपमा भित्र्याउने पुष्टि गरिसकेका कारण अवको केही समयपछि यो विलासी कार समेत भारतमा बक्रिी हुने अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...